Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

खबरडबली संवाददाता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाउने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी थालेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता बारे जानकारी गराएका हुन् ।

उनले भने, “यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ । सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइनेछ ।”

विज्ञ जेन्टलले नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै ‘पेभिलिएन’ स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने अवगत गराए । नेपालले विश्वसामु सफल र राम्रा अभ्यास देखाउने छ, यो सरकारको मात्र नभई गैरसरकारी संस्था, नागरिक समाज हामी सबैको जिम्मेवारी हो” उनले भने ।  

सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई धेरै उचाईमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई सबै मिलेर उपयोग गर्न लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वन मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिए ।

जलवायुको असर विश्वभर भइरहेको र नेपाल जस्ता जोखिममा रहेको देश बढी प्रभावित भइरहेको उल्लेख गर्दै मन्त्री महतो भने, “केही वर्षयता नेपालमा ठूलो बाढी, पहिरो र प्राकृतिक विपद्का घट्ना बढिरहेका छन्, हिमनदि पग्लिने क्रम बढ्दो छ, यसका लागि हामीले आन्तरिक र बाह्य दुबै रुपमा तयारी गर्नु आवश्यक छ । अनिमात्र हाम्रो आवाज प्रभावकारी रुपमा सुनिन्छ ।” कोप सम्मेलनको तयारीका साथै आन्तरिक रुपमा जलवायुका असर न्यूनीकरणमा पनि आफै अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

नेपालले जलवायु सम्मेलनमा लामो समयदेखि सहभागिता जनाउँदै आएपनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी गर्दै मन्त्री महतोले यस पटक नेपालले प्रमाण र तथ्याङ्कसहित प्रभावकारी रुपमा सम्मेलनमा प्रस्तुत हुने जानकारी गराए । “यसपटक टेबल ठट्याएर कुरा राख्ने हो । मागेर आउने होइन । हाम्रा छ अलग अलग विषयका कार्यपत्र सशक्त रुपमा विषय उठाएर विश्वलाई सुनाउने हो”, उनले भने ।

सम्मेलनको तयारीका लागि मन्त्रालयले सातै प्रदेशमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिसकेको बताउदै उनले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार वन तथा वातावरण जोगाउन सफल भएको उल्लेख गरे । अब त्यसलाई मुलुकको समृद्धिसँग पनि जोड्न आवश्यक रहेकामा उनको जोड थियो । सम्मेलनमा नेपाल सरकार र सहभागिता जनाउने अन्य सङ्घसंथाको उद्देश्य र चाहना एउटै हुने बताउँदै उहाँले सबै एकजुट भएर प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रभु बुढाथोकीले आयोगले आगामी पञ्चवर्षीय योजना बनाउँदा जलवायुको अवधारणाअनुसार बनाउन प्रयास गरिरहेको बताए । उनले यसको कार्यान्वयमा विकास साझेदारलगायत सरोकारवाला सबैको सहयोगको अपेक्षा गरे ।

वन सचिव डा.दीपक खरालले प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रमा हुने दुई दिनको उच्चस्तरीय सत्रमा भाग लिनुहुने र नेपालका मुद्दाका बारेमा सम्बोधन गर्नुहुने जानकारी दिए । उक्त सत्रमा विश्वका राज्य र सरकार प्रमुखले सम्बोधन गर्नुहुनेछ । मन्त्रालयले सोही अनुसारको तयारी गरिरहेको उनले बताए।

कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि आइसानी मेडागानगोडा लावे, नेपालका लागि युएईका राजदूत अब्दुल्ला अल साम्सी, नेपालका लागि ईजिप्टका राजदूत नोहा हम्दी एल्गेबलीलगायतले आगामी जलवायु सम्मेलनमा उठाउनुपर्ने विषयका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले सम्मेलनका लागि नेपालको तयारी बारेमा जानकारी गराएका थिए । मन्त्रालयले सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानी र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव सङ्कलन गरेको छ ।

नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र/सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको  १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४ औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने यस क्षेत्रका जानकारको भनाइ छ ।

-भीष्मराज ओझा

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: