Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै  नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७ औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार : संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताए ।

“संविधान अनुकूलका कानुन बनाउन ढिलाइ भइरहेको छ, बनाउनुपर्ने कानुनको सरकारी विधेयक आएको छैन, गैरसरकारी विधेयक आउने वातावरण नै  छैन”, उनले भने, “सरकारले संसद्लाई बिजनेस दिए  कानुन बन्ने हो, तर विधेयक नै आएको छैन ।”  संविधान कार्यान्वयन गर्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले संविधानअनुसारका कानुन बनाउन सरकारले बढी ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रियसभामा आएका विधेयकहरूलाई प्राथमिकता दिएर अघि बढाएको जानकारी गराए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा।सूर्य ढुङ्गेलले मानवअधिकार आयोग ‘क’ ग्रेडमा कायम हुनुमा सबैको भूमिका रहेको र  मानव अधिकार संरक्षकसम्बन्धी ऐन पनि जरुरी भएको बताए । इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षण कानुन बनाएरमात्र नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन जरुरी भएको आवश्यकता औँल्याए । उनले अहिलेको मानव अधिकारको मुख्य विषय सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनु नै भएको स्पष्ट पारे ।

गैरसरकारी संस्था महासङ्घको उपाध्यक्ष भावना भट्टले संविधानमा धेरै कुरा लेखिएको भए पनि कानुन बनाउने र प्रभावकारी कार्यान्वयनमा कमी देखिएको बताए । उनले मानव अधिकार संरक्षण गर्न र प्रभावकारी तरिकाले कानुनको कार्यान्वयन गर्न तीन तहको सरकारले समन्वय गर्नु जरुरी भएको बताए । मानव अधिकारकर्मी प्रदीप पोखरेलले मानव अधिकारको क्षेत्रमा काम गर्ने इन्सेक जतिको विश्वसनीय संस्था अरू नभएको र  नेपालको  मानव अधिकार सूचक बाहिर  ल्याउने संस्था भएको बताए । 

इन्सेकका अध्यक्ष डा।कुन्दन अर्यालले नागरिकको मानव अधिकार भनेको संविधान र कानुनको कार्यान्वयन नै भएको र भएका कानुनको प्रभावकारी कार्यान्वयन भएमा मानव अधिकार संरक्षण हुने बताए । मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेकको सातै प्रदेशमा कार्यालय रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending