Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

एनआरएनएले गर्याे जाजरकोट र रुकुम पश्चिममा राहत वितरण

खबरडबली संवाददाता

काठमाडाैं । जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएका छन् । उनले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए । उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत  सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट  भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।

राहत सामाग्री वितरणको संघका अध्यक्ष डा. केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी,  महिला उपाध्यक्ष  रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending