काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का उप सभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएर कालोबजारी गर्नेहरु बारे सरकारलाई स्पष्ट जानकारी हुँदा पनि उपभोक्ताप्रति इमान्दारीता नदेखाउँदा जनता मारमा परेको बताएका छन् । सरकारले आफूसँग भएका संयन्त्र समेत परिचालन नगर्नाले उपभोक्ता महंगीको मारमा परेको उनको भनाई छ ।
संसदीय समितिको बैठकमा सोमबार उनले सरकारलाई बजारमा चिनी अभाव सिर्जना गर्ने देखि कालोबजारी गर्नेबारे स्पष्ट जानकारी भए पनि उनिहरुप्रतिको भाव र प्रभावका कारण जनताप्रति इमान्दारीता देखाउन नखोजेकाले आम उपभोक्ता चाडपर्वको बेला मारमा परेको बताए ।
‘महंगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ त्यो पनि थाहा नभएको होइन । त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो । बजार अनुगमनका लागि मान्छे र स्रोतको कमि भएको होइन संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैन्दा ठूलोकुरा सरकार र व्यवसायीको इमान्दारीताको कमी हो ।’
उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरुकै नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका उनले सरकारले भएका संयन्त्र र स्रोत साधनलाई समेत मूल्यवृद्धि नियन्त्रण गर्नका परिचालन नगरेकोप्रति अर्यालले गुनासो गरे ।
उनले भने, ‘चिनी लुकाउनेलाई तपाइँहामी धेरैले चिनिसकेका छौं, नामचाँही भन्दैनौ । दुर्गम जिल्लातिरत पालीका र वडामा नुनपनि पुग्दैन । यी सबमा संलग्न ती मान्छेहरु जसलाई हामीले चिनेका छौ र सरकारकै मान्छेहरु पनि छन् । तिनलाई घचघचाउन पर्छ ।’
उनलेउपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ताथिचिनुपर्ने बताए । सरकारले बजार अनुगमनको संयत्र र स्रोत साधनलाई समेत नचाहेरै परिचालन नगरेको उनले बताए । त्यस्तै उनले संसदीय समितिले पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकार गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: