Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

चिनी लुकाएको थाहा पाएर पनि सरकार मौन बसेको आरोप

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का उप सभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएर कालोबजारी गर्नेहरु बारे सरकारलाई स्पष्ट जानकारी हुँदा पनि उपभोक्ताप्रति इमान्दारीता नदेखाउँदा जनता मारमा परेको बताएका छन् । सरकारले आफूसँग भएका संयन्त्र समेत परिचालन नगर्नाले उपभोक्ता महंगीको मारमा परेको उनको भनाई छ । 

संसदीय समितिको बैठकमा सोमबार उनले सरकारलाई बजारमा चिनी अभाव सिर्जना गर्ने देखि कालोबजारी गर्नेबारे स्पष्ट जानकारी भए पनि उनिहरुप्रतिको भाव र प्रभावका कारण जनताप्रति इमान्दारीता देखाउन नखोजेकाले आम उपभोक्ता चाडपर्वको बेला मारमा परेको बताए । 

‘महंगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ त्यो पनि थाहा नभएको होइन । त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो । बजार अनुगमनका लागि मान्छे र स्रोतको कमि भएको होइन संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैन्दा ठूलोकुरा सरकार र व्यवसायीको इमान्दारीताको कमी हो ।’

उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरुकै नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका उनले सरकारले भएका संयन्त्र र स्रोत साधनलाई समेत मूल्यवृद्धि नियन्त्रण गर्नका परिचालन नगरेकोप्रति अर्यालले गुनासो गरे । 

उनले भने, ‘चिनी लुकाउनेलाई तपाइँहामी धेरैले चिनिसकेका छौं, नामचाँही भन्दैनौ । दुर्गम जिल्लातिरत पालीका र वडामा नुनपनि पुग्दैन । यी सबमा संलग्न ती मान्छेहरु जसलाई हामीले चिनेका छौ र सरकारकै मान्छेहरु पनि छन् । तिनलाई घचघचाउन पर्छ ।’

उनलेउपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ताथिचिनुपर्ने बताए । सरकारले बजार अनुगमनको संयत्र र स्रोत साधनलाई समेत नचाहेरै परिचालन नगरेको उनले बताए । त्यस्तै उनले संसदीय समितिले पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकार गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending