Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

भूकम्पबाट घाइते ४१ जनाको भेरी अस्पतालमा उपचार जारी

खबरडबली संवाददाता

बाँके । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनीहरु तीनै जना जाजरकोटका हुन् । अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सातजनाको शल्यक्रिया गरिएका उनले बताए । श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ । 

दुई गम्भीर बिरामीको आइसियु वार्डमा र एक जना गर्भवती महिलाको प्रसूती वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए । उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन् । 

‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो । बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन् । 

यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ । अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन - महामन्त्री पौडेल

लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...

सरकारप्रति बढ्दो जनविश्वास - जनअपेक्षा अनुरूप काम हुन थालेको आभास

विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...

दुई दिने बिदामा मानसरोवर–कैलाश दर्शन गर्न जाने पर्यटक बढे

हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending