काठमाडाैं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौ। अध्यक्ष निउरे भने तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ।
जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरि भूकम्प पीडित परिवारलाई आवश्यक सहयोग गर्ने गरी योजना बनाएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।
शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ मलमपट्टि लगाउन र उहाँहरुको दुःखमा हामीहरू समेत साथमा छौ भन्नका लागि आवश्यक राहतका लागि जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरिने छ। महासचिव खरेलले भने ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमद्वारा शनिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरिने भएकोले उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाई दिनु हुन जापान स्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूर्णमा विषेश अपिल समेत गरेका छन् ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको ६।४ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी नेपालका त्यस क्षेत्रका सयौंको ज्यान जानुका साथै हजारौ घाइते भई ठूलो मात्रामा भौतिक क्षति भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...



प्रतिकृया लेख्नुहोस्: