झापा । नेकपा माओवादी केन्द्र दमकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निगरानी गर्ने भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासोपछि माओवादी केन्द्र दमकको बैठकले यस्तो निर्णय गरेको हो ।
दमक माओवादीले शिक्षकको जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दै शिक्षकलाई पनि सुधार गर्नुपर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग राखेको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न त्यहाँ कार्यरत शिक्षक नै आफ्नो पढाईमा विश्वस्त छन् कि छैनन् पहिला जाँच गर्नुपर्छ । उनीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् कि छैनन् अनुगमन जरुरी छ,’ उनले भने, ‘दमकका सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएका छन् भने माओवादी दमकले पुरस्कृत गर्छ । सामुदायिक विद्यालयका शिक्षकले सरकारी विद्यालयको विश्वास नगरी निजीमा पढाएका रहेछन् भने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।’ निर्णय कार्यान्वयनका लागि वडामा रहेका शिक्षण संस्थाको विवरण नगर पार्टीमा दिन माओवादीले कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।
यस्तै, नगर कमिटी बैठकबाट जसपाका पूर्वकेन्द्रीय सदस्य देउकुमार लिम्बूसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसहित विद्यापति तिम्सिना, राप्रपाका टिका दंगाल, एमालेका डेविट शाही, गुमानसिंह तामाङलाई पार्टी व्रवेश गराउँदै नगर कमिटीमा मनोनित गरिएको छ ।
उनीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्रबहादुर आङ्बो मौसमले पार्टी प्रवेश गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...



प्रतिकृया लेख्नुहोस्: