Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

खानेपानीको नियमित मर्मत सम्भार हुन सके मुख्य मर्मत सम्भार चाहिदैन : महानिर्देशक श्रेष्ठ

खबरडबली संवाददाता

सुर्खेत । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले सडकलाई जस्तै खानेपानीलाई पनि नियमित मर्मत तथा सफाइ गरेमा मुख्य मर्मत सम्भार आवश्यक नपर्ने बताएका छन् । ‘खानेपानी सेवा सहायता केन्द्र मार्गदर्शन’ लाई अन्तिम रुप दिनका लागि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यशालामा महानिर्देशक श्रेष्ठले खानेपानी प्रणालीको नियमित मर्मत सम्भारमा ध्यान दिन सके चाँडै बिग्रने र सेवा बन्द हुने अवस्थाको अन्त्य हुने बताए  ।

उनले हाल निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये ३० देखि ४० प्रतिशत खानेपानी आयोजनाहरु मात्र चल्दो अवस्थामा रहेको उल्लेख गर्दै ‘खानेपानी सेवा सहायता केन्द्र’ स्थापना भएपछि सामान्य तथा जटिल प्रकारको मर्मत आवश्यक पर्ने खानेपानी तथा सरसफाइ आयोजनाहरु समेत सुचारु हुने अपेक्षा गरे । 

तर खानेपानी तथा ढल व्यवस्थापन विभागको राष्ट्रिय सूचना व्यवस्थापन परियोजनाले सन् २०१४ मा गरेको एक अध्ययनले भने २५.४ प्रतिशत खानेपानी तथा सरसफाइ आयोजना मात्र व्यवस्थित रुपमा सञ्चालन भएको देखाएको छ । यस्तै ३६ प्रतिशत आयोजनाहरु सामान्य मर्मत पछि चल्ने अवस्थाका छन् भने ९.२ प्रतिशत आयोजनाहरु जटिल प्रकारको मर्मतको आवश्यकता रहेको देखिएको छ । अध्ययनले १९.८ प्रतिशत खानेपानी आयोजनाहरु पूनर्निर्माण नै गर्नुपर्ने अवस्थाको रहेको देखाएको छ ।

सरकारले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) नीति २०७९ को प्रावधानको आधारमा खानेपानी सेवा सहायता केन्द्र गठन गर्न लागेको हो ।

वास नीतिमा ‘खानेपानी सेवा प्रणालीहरुलाई व्यक्तिगत (प्रणालीगत), राष्ट्रिय र सामाजिक रुपमा सशक्तिकरण गरी खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन स्थानीय सरकार सँगको समन्वयमा खानेपानी सेवा सहयोग संस्थाको सञ्चालन तथा व्यवस्थापन गरिनेछ । यस्तो प्रणालीबाट खानेपानी उपभोक्ता समितिहरुले राष्ट्रिय सेवामा पहुँच र खानेपानी आयोजनाहरुको सञ्चालन र व्यवस्थापन तथा मर्मत सम्भारमा सहयोग गर्न सक्नेछन्’ भन्ने उल्लेख छ ।

खानेपानी सेवा सहायता केन्द्रले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई आवश्यकता अनुसार प्राविधिक, व्यवस्थापकीय र सञ्चालनमा सहयोग उपलब्ध गर्नेछ । केन्द्रले आफ्नो क्षेत्र भित्रका खानेपानी प्रणालीरुको सेवा आवश्यकताको आधारमा विभिन्न गतिविधिहरु सञ्चालन गरेर एकीकृत सेवा प्रदान गर्नेछ ।

महानिर्देशक श्रेष्ठले मार्गदर्शन बनाउँदा खानेपानी सेवा सहयोग केन्द्र सञ्चालनका लागि आवश्यक वित्तिय व्यवस्थापनको व्यवहारिक पक्षलाई ध्यान दिएर बनाउन सुझाव दिए । उनले संघीय सरकारले वहन गर्नुपर्ने आर्थिक दायित्व अधिक प्रस्ताव गरिएको भन्दै उक्त रकम विनियोजन हुन्छ नै भनेर सुनिश्चित गर्न नसकिने बताए ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता आयोजना (सुस्वा) को लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र वेल ग्रुपले तयार गरेको खानेपानी सेवा सहायता केन्द्र मार्गदर्शनको मस्यौदामा रोकथाम तथा सानोतिनो मर्मतको काम उपभोक्ता समिति वा सेवा प्रदायक आफैले गर्नुपर्ने, सामान्य मर्मतको काममा नगरपालिका तथा गाउँपालिकाले ५० प्रतिशत र उपभोक्ता समितिले ५० प्रतिशत बेहोर्नुपर्ने प्रस्तावि गरिएको छ ।

यस्तै मुख्य मर्मतको काममा संघीय र प्रदेश सरकारको तर्फबाट ६० प्रतिशत, नगरपालिकाको तर्फबाट २५ प्रतिशत र उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशत (वस्तुगत सहभागिता) प्रस्ताव गरिएको छ भने पुनर्स्थापनाको हकमा संघीय तथा प्रदेश सरकारले ८५ प्रतिशत, गाउँपालिका तथा नगरपालिकाले १० प्रतिशत र उपभोक्ता समितिले ५ प्रतिशत बेहोर्नुपर्ने प्रस्ताव गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending