दाङ । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताएकी छन् । दाङको घाेराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबै दलहरुबिच सहकार्य हुने धारणा राखीन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे नेपाल भ्रमणकाे समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् ।
सरकारले सत्य निरुपण तथा मेल मिलाप आयाेग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्याउने तयारी भईरहेकाे बताउदै शान्ति प्रकृयाकाे कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेकाे बताइन् । अन्तर्राष्ट्रिय समुदायले नेपालकाे शान्ति प्रकृयाका बाँकी कामलाई नजिकबाट हेरिरहेकाेबताउँदै मन्त्री शर्माले याे विषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जाेड दिइन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकारले पहिलाेपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिकाे सच्चा समान्न भएको धारणा राखीन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुकाे नाम थप्ने बिषयमा सरकारले काम गरिरहेकाे जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीइलाई न्याय दिने बताइन् ।
भेटमा सहिद परिवारले गाउँको बाटाे घाटाे र खानेपानीकाे समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: