महाेत्तरी । प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैया जिम्मा लगाईएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी महतोलाई हस्तान्तरण गरिएको हो ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।
कसरी फेला परेको थियो ?
गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।
झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खाेलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।
यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।
हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनकाे पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।
प्रहरी मेरा लागी भगवान जस्तै बने
पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने ।
पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् । प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: