धनकुटा । धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् ।
नेपालीको दोस्रो चाड तिहार नजिकिएसँगै उहाँसहित पूरै परिवारलाई यति बेला मादल बनाउन भ्याइनभ्याइ छ । तिहारको समयमा मादलको माग अत्यधिक हुने भएका कारण दिनभर व्यस्त रहन्छन् । मादल बनाउन खमारी, लामपाटो, शिरीष, खिर्रो जस्ता काठ र बाख्रा, भैँसी, गोरुको छालालगायतका कच्चा पदार्थ आवश्यक पर्छ । ती कच्चा पदार्थ अहिले बिरलै मात्र पाइने सार्की बताउँछन् । तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उनको भनाइ छ । तैपनि उनले आफ्नो पेसा छाडेका छैनन् ।
उनका अनुसार अहिले मादल बनाउन निकै समस्या छ । कच्चा सामग्री खोज्नै कठिन हुन्छ । बाउबाजेले गरिआएको भएर मात्र छाड्न सकेको सार्कीको भनाइ छ । १० वर्ष हुँदादेखि सार्कीले मादल बनाउँदै आएका हुन् । उनले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउनमै बिताइ सकेका छन् । आफ्नाे अधिकांश समय मादल बनाउनमै बितेको उनी बताउँछन् ।
उनले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्रीसमेत निर्माण गर्ने गरेका छन् तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उनले यो पेसामा बार्है महिना खाली बस्नु पर्दैन । बनेका सबै मादल घरबाटै बिक्ने गरेका छन् । उनलाई अहिले मादल बनाउन श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा नीरबहादुर, भतिजा तथा नातिले समेत सहयोग गर्दै आएका छन् ।
मादल बनाउन कठिन हुने र आकार अनुसार तीनदेखि पाँच दिनसम्म लाग्ने गर्छ । त्यस्तै आकार अनुसार एउटा मादलको २५ सयदेखि १३ हजार रुपियाँसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कलासंस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा नीरबहादुर सार्कीले बताए । मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या भएपनि मादलकाे बजारमा माग धेरै रहेकाे उनकाे भनाइ छ । बजारकाे माग अनुसार मादल उत्पादन गर्न सक्ने अवस्था नरहेकेा उनले बताए ।
तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा समेत मादल प्रयोग हुन्छ । त्यसैले तिहार नजिकिएसँगै मादलको माग बढ्ने गरेको छ तर पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदै गएको छ । पहिले पहिले मादल बनाउने धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् तर आफूहरू मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भान्जा रमेश रोक्काले बताए । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: