काठमाडौं । बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्यालयमा कुटाकुट भएको घटनामा बद्री केसीले प्रहरीमा जाहेरी दिएका छन् । संस्थापन पक्षले महानगरीय वृत्त, दरबारमार्गमा दिएको जाहेरीमा एनआरएनएको कार्यालयभित्र अनधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ।
हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको थियो । नवनिर्वाचित संघका पदाधिकारीहरूलाई एमाले नेता महेश बस्नेतले बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरी होहल्ला र अवरोध पुर्याएको जाहेरीमा उल्लेख छ ।
आरके शर्मा, बुद्धिसागर सुवेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा. बद्री के. सी. उपर अनर्गल गाली गलौच गर्ने, अनुमतिबिना फोटो खिच्ने गरेको जाहेरीमा बताइएको छ ।
निजहरूलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति, सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुर उपर कानुनी कारबाही गरिपाउन संस्थापन पक्षले दिएकाे जाहेरीमा उल्लेख गरीएकाे छ ।
विवादपश्चात् हिजै शर्मा पक्षले घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न उजुरी दिइसकेको छ । केसी पक्षले गरिरहेको कार्यक्रमको फोटो र भिडियो शर्मातर्फका पत्रकार ओम शर्माले खिचेपछि विवाद सुरु भएको बताइएको छ । आक्रमणबाट पत्रकार शर्माको ओठमा चोट लागेको छ । एनआरएनको सम्मेलनबाट केसीले धाँधली गरेर चुनाव जितेको शर्मा पक्षको आरोप छ । उनीहरूले परिणाम अस्वीकार गर्दै समानान्तर कार्यसमितिसमेत गठन गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: