रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दसैँ अवधिभरमा ६ सय बढी सवारी कारबाही गरेको छ । कात्तिक १ गते देखि ११ गते सम्म ६ सय ५० सवारी कारबाहीमा परेका हुन् ।
दसैँका बेलामा कारबाहीमा परेका सवारी साधनबाट ६ लाख ५० हजार रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताए । यो सहित चालु आर्थिक वर्षको हालसम्म रामेछापमा ट्राफिक नियम विपरीत सञ्चालन भएका दुई हजार ३३५ वटा सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिना देखि कार्तिक ११ गतेसम्म कारबाहीमा परेका दुई हजार ३३५ वटा सवारीबाट २२ लाख ३७ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको छ ।
चौँलागाईका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ट्राफिक नियम विपरीत सञ्चालन भएका ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यसैगरी असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । रामेछापमा दसैँको बेलामा मापसे चेकजाँच, क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी माथिको विशेष निगरानी लगायत ट्राफिक व्यवस्थापनमा कडाइ गरिएकाले अप्रिय सडक दुर्घटनाका घटना नभएको ट्राफिक प्रहरी प्रमुख चौलागाईँको भनाइ छ ।
जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई सडक दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: