काठमाडौं । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान)ले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
एसाेसिएसनले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउन १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०८० आयोजना गर्ने भएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका हुने उक्त प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । पुष्प विकास केन्द्र सह-आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ ।
यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एशोसिएनसले जनाएको छ । प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र र सूचनामूलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए ।
“प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरूमा १० मिनियचर, २० स्पाईंडर, ३० रिफ्लेक्स, ४० ईन्कर्म र ५० गोदावरीको कट फ्लावर प्रजाती रहेको छ,” उनले भने, “मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।”
बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुनेभएको छ । गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए।
हाल नेपालमा ४८ जिल्लाको करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढि जनशक्ति रोजगारमा संलग्न छन् ।
तस्विरः दिपक गाउँले

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: