Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

धादिङमा वृद्धाको हत्यामा संलग्न पुरूष जेल चलान

खबरडबली संवाददाता

काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिका-४ का  ७० वर्षीया सुकमाया गुरूङको हत्या आराेपमा पक्राउ परेका ३५ वर्षीय मंगल गुरूङ जेल चलान भएका छन् ।  वृद्धको हत्या भएको घटनामा आइतबार जिल्ला अदालत धादिङले गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

सुकमायाको हत्या आरोपमा उनी असोज १३ गते पक्राउ परेका थिए । एक महिनाअघि (असोज १२ गते) धारिलो हतियार प्रहार गरी सुकमायाको हत्या भएको थियो । उनको टाउको, घाँटी, घुच्चुक, बायाँ गाला, अनुहारको बायाँ भाग र गर्धनको बायाँ भागमा धारिलो हतियार प्रहार भएको थियो । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भोलिपल्ट (असोज १३ गते) मंगललाई गोठमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । मंगल सोही ठाउँका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमै मंगालले आरोप स्वीकार गरेका थिए । उनले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको प्रहरीलाई बताएका थिए ।

प्रहरीले उनको घरको आगनछेउ रहेको कुखुराको खोरबाट हत्यामा प्रयोग भएको खुर्पा पनि बरामद गरेको थियो । प्रहरीसँगको बयानमा सुकमायामाथि बोक्सीको आरोप लगाएका थिए । उनले आफ्नो कुप्रो भएको ढाड सुकमायाले नै बोक्सी लगाएर बनाइदिएको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए ।

सुकमायाको गाइवस्तुले आफ्नो अन्नबाली खाइदिने र पटकपटक सो विषयमा त्यसअघि पनि विवाद भएको मंगालले प्रहरीसँग बताएका छन् । त्यस दिन (असोज १२ गते) पनि सोही विषयमा विवाद हुँदा आफूले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए ।

आरोप स्वीकार गरेपछि प्रहरीले अनुसन्धान सकेर कात्तिक १० गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ (२) अनुसार अभियुक्तलाई जन्मकैदको सजाय माग गरिएको थियो।

सरकारी वकिल कार्यालयले पनि प्रहरीकै प्रतिवेदन अनुसार मंगालविरूद्ध मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागार पठाइएको डिएसपी सन्तु जैसवारले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending