काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिका-४ का ७० वर्षीया सुकमाया गुरूङको हत्या आराेपमा पक्राउ परेका ३५ वर्षीय मंगल गुरूङ जेल चलान भएका छन् । वृद्धको हत्या भएको घटनामा आइतबार जिल्ला अदालत धादिङले गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
सुकमायाको हत्या आरोपमा उनी असोज १३ गते पक्राउ परेका थिए । एक महिनाअघि (असोज १२ गते) धारिलो हतियार प्रहार गरी सुकमायाको हत्या भएको थियो । उनको टाउको, घाँटी, घुच्चुक, बायाँ गाला, अनुहारको बायाँ भाग र गर्धनको बायाँ भागमा धारिलो हतियार प्रहार भएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भोलिपल्ट (असोज १३ गते) मंगललाई गोठमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । मंगल सोही ठाउँका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमै मंगालले आरोप स्वीकार गरेका थिए । उनले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको प्रहरीलाई बताएका थिए ।
प्रहरीले उनको घरको आगनछेउ रहेको कुखुराको खोरबाट हत्यामा प्रयोग भएको खुर्पा पनि बरामद गरेको थियो । प्रहरीसँगको बयानमा सुकमायामाथि बोक्सीको आरोप लगाएका थिए । उनले आफ्नो कुप्रो भएको ढाड सुकमायाले नै बोक्सी लगाएर बनाइदिएको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए ।
सुकमायाको गाइवस्तुले आफ्नो अन्नबाली खाइदिने र पटकपटक सो विषयमा त्यसअघि पनि विवाद भएको मंगालले प्रहरीसँग बताएका छन् । त्यस दिन (असोज १२ गते) पनि सोही विषयमा विवाद हुँदा आफूले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए ।
आरोप स्वीकार गरेपछि प्रहरीले अनुसन्धान सकेर कात्तिक १० गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ (२) अनुसार अभियुक्तलाई जन्मकैदको सजाय माग गरिएको थियो।
सरकारी वकिल कार्यालयले पनि प्रहरीकै प्रतिवेदन अनुसार मंगालविरूद्ध मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागार पठाइएको डिएसपी सन्तु जैसवारले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: