Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

इजरायलका प्रधानमन्त्रीको चेतावनी- लडाइँको अर्को चरण लामो र कठिन हुनसक्छ

खबरडबली संवाददाता

काठमाडौं ।  इजरेल-हमास युद्ध जारी रहँदा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लडाइँको अर्को चरण “लामो र कठिन” हुने चेतावनी दिएका छन्।

विश्वभरि विभिन्न स्थानमा गाजामा तत्काल युद्ध विराम गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका बेला इजरेली प्रधानमन्त्रीले हमासविरुद्धको लडाइँ अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।

अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गर्दा १ हजार ४ सय जति इजरेलीको ज्यान गएसँगै त्यसको जबाफी कारबाही भन्दै इजरेलले लगातार गाजामा हवाई तथा स्थल हमलाहरू गरिरहेको छ।

इजरेली बमबारीमा परेर गाजामा हालसम्म ८ हजार भन्दा बढीको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकमध्ये आधा जति बालबालिका रहेका छन्।

यसैबीच शुक्रवारदेखि बन्द गरिएको गाजा स्ट्रीपको फोन तथा इन्टरनेट सेवा पुनर्स्थापित भएको खबर आएको छ। शुक्रवार राति इजरेलले पछिल्लो तनाव सुरु भएयताकै सबैभन्दा व्यापक र घातक हवाई हमला गरेको थियो र त्यसबेला गाजा स्ट्रीपमा सञ्चार सेवा ठप्प पारिएकाले उक्त क्षेत्र बाँकी विश्वसँग सम्पर्कविहीन बनेको थियो।

नेतन्याहुले उनको देश हमाससँगको युद्धको "दोस्रो चरण"मा प्रवेश गरेको बताएका छन्। टेलिभिजनबाट प्रसारण गरिएको सम्बोधनमा उनले उक्त कुरा बताएका हुन्।

गत साता इजरेली रक्षामन्त्रीले त्यहाँको संसदीय समितिलाई तीन चरणमा युद्ध हुने बताएका थिए। उनले भनेका थिए, "अभियानको पहिलो चरण हमासलाई हराउनका लागि हमासका पूर्वाधार नष्ट गर्नु हुनेछ।"

उनले दोस्रो चरणमा निरन्तर लडाइँ जारी रहने बताएका थिए। त्यस क्रममा इजरेली सेनाले "प्रतिरोधका केन्द्रहरूलाई नष्ट गर्ने" काम गर्ने बताए। अनि तेस्रो चरणमा "गाजा स्ट्रीपमा मानिसहरूको जीवनयापनका लागि इजरेलको दायित्व अन्त्य गर्ने र इजरेली नागरिकका लागि नयाँ सुरक्षा दिनु आवश्यक भएको" उनले बताएका थिए।

नेतन्याहुले बन्धकहरूलाई फिर्ता ल्याउनु सेनाको मुख्य लक्ष्य रहेको तर हमासलाई समाप्त पार्नु पनि उसको उच्च प्राथमिकता रहेको बताएका छन्। अक्टोबर ७ मा गरेको हमलाका क्रममा हमासले २०० भन्दा बढी इजरेलीहरूलाई बन्धक बनाएको थियो।

इजरेल-टर्की तनाव

इजरेली रक्षा बल आईडीएफले इजिप्ट र संयुक्त राज्य अमेरिकाले आइतवार गाजामा सहायता "विस्तार गर्ने" बताएको छ तर त्यसको विस्तृत विवरण दिएको छैन।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले वर्तमान द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गरेको छ। यसैबीच टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले इजरेलले युद्ध अपराध गरेको आरोप लगाएका छन्।

त्यसको प्रतिक्रियामा इजरेलले टर्कीस्थित आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

‘बन्धकलाई छुटाउन समस्या’

गाजामा सुरु भएको इजरेली स्थल कारबाहीका कारण हमासले बन्धक बनाएकालाई छुटाउने प्रयास जटिल बनेको कतार सरकारले जनाएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले भने, "बढ्दो तनावले यसलाई (बन्धक छुटाउने प्रयास) अझ कठिन बनाउँछ।"

इजरेली प्रधानमन्त्रीबेन्जामिन नेतान्याहुले हमासलाई परास्त गर्ने र बन्धकलाई घर फिर्ता ल्याउने कुरामा कुनै विरोधाभास नभएको बताएका थिए।

यद्यपि त्यसलाई पछिल्लो आक्रमणले जटिल बनाएको कतारको भनाइ छ। कतारले बन्धकहरू छुटाउनका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको बताइएको छ।

इरानको चेतावनी

इरानका राष्ट्रपति इब्राहिम रइसीले इजरेलको कदमले "अन्तिम रेखा पनि पार गरेको र त्यसले सबैलाई कदम चाल्न बाध्य पार्न सक्ने" चेतावनी दिएका छन्।

आइतवार एक्स (पहिलेको ट्विटर)मा उनले लेखेका छन्, "वाशिङ्टनले हामीलाई केही नगर्न भन्छ तर उनीहरू इजरेललाई व्यापक रूपमा सहयोग दिइरहेका छन्। अमेरिकाले ‘एक्सिस अफ रेसिस्टेन्स’लाई सन्देश पठायो तर युद्धको मैदानमा स्पष्ट प्रतिक्रिया प्राप्त गर्‍यो।"

एक्सिस अफ रेसिस्टेसन्स पश्चिम एशियाका इरान समर्थित सैन्य समूहहरूको सञ्जाललाई भन्ने गरिन्छ र हमास पनि त्यसको एउटा सदस्य हो।

अमेरिकी अधिकारीहरूले इरानलाई इजरेल-हमास युद्धबाट बाहिरै रहन चेतावनी दिँदै आएका छन्। लेबननस्थित इरानको समर्थन पाएको हिजबुल्लाह समूहले हालैका साताहरूमा इजरायलतर्फ गोलाबारी गरेको छ।

लेबननमा नेपाली सैनिक पनि घाइते

यसैबीच लेबननमा क्रियाशील हिजबुल्लाह र इजरेलबीचको तनावका क्रममा लेबननमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएको विवरण आएका छन्।

त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक शनिवार राति एउटा हतियारको टुक्रा खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको सरकारी समाचार संस्था राससले लेखेको छ।

घाइते सैनिकको नाम खुलाइएको छैन। उक्त टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो। घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिशनको अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको राससले जनाएको छ।

त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। लेबननमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी ८ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending