Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

संसद भवनअगाडिबाट २७ जना अधिकारकर्मी पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बराल रहेका छन् । 
यसै गरी पक्राउ पर्नेमा रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, भगवान पुडासैनी, सभापति शम्भु राउतलगायत २७ जना रहेका छन् ।​

संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेका थिए ।

संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित प्रदर्शनमा  प्रदर्शनकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नाराअंकित प्लेकार्ड बोकेका थिए ।
 
पक्राउ परेका अधिकारकर्मीहरुलाई बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं  ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ । ...

अखिल क्रान्तिकारीको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्री प्रथम

काठमाडौं । खुला डिजिटल बक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्रीले प्रथम स्थान हासिल गरेकी छन् । विद्यार्थी एकता दिवसका अबसरमा नेकपा (माओवादी केन्द्र) न...

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं ।  ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेखेको पुस्तकमा सङ्घर्षको सुरुआत र ...

बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौं। बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्...

एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका...

सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट  भएको हो ।  गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा ...

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ५ घाईते

विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा  ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँप...

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त का...

प्रधानमन्त्री प्रचण्डको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न गरेको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies