भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैं सुरू भएदेखि नै रक्तदान लगायत कार्यक्रम ठप्प भएपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगत अभाव भएको हो ।
रक्तदान नहुँदा रगत अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए । उनले चाडबाड बेला रक्तदान लगायत कार्यक्रम नहुँदा रगत अभाव भएको उल्लेख गर्दै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए ।
'यतिखेर देशव्यापी रूपमै रगत अभाव चुलिएको छ। दसैंका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन। भक्तपुरमा पनि रगत अभाव छ,' सहमहामन्त्री थापाले भने, 'दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौं, माग भने दैनिक १५० पिन्टसम्म हुने गरेको छ। रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौं, रित्तो फर्कनुपरेको छैन।'
रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरूलाई फोन गरेर बोलाउँदै रगत संकलन गरेर पठाउने गरेको थापाले बताए । भक्तपुरमा मात्र नभई काठमाडौं उपत्यका लगायत काभ्रपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो। उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैसँग आह्वान गरे।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले पनि रक्तदाताको सूची हेर्दै बोलाएर रगत संकलन गरिरहेको जानकारी दिए।
'दसैंको अष्टमीदेखि दशमीसम्म मेरो बसाइँ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो। रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो,' उनले भने, 'हिजो बिहीबार पनि म लगायत भाइ, बहिनी र साथीलाई कार्यालयमै बोलाएर रक्तदान गरायौं।'
उनका अनुसार ठूला अस्पतालमा दसैंको समय ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेंगीका बिरामीका लागि रगतको माग बढेको छ। डेंगीका बिरामी बढ्दै गएपछि रगतको माग बढ्दै गएको उनले बताए। उनका अनुसार दैनिक १५० जना रगत लिन कार्यालयमै आउँछन् भने रगत माग्न सयौं कल फोन आउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: