भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैं सुरू भएदेखि नै रक्तदान लगायत कार्यक्रम ठप्प भएपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगत अभाव भएको हो ।
रक्तदान नहुँदा रगत अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए । उनले चाडबाड बेला रक्तदान लगायत कार्यक्रम नहुँदा रगत अभाव भएको उल्लेख गर्दै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए ।
'यतिखेर देशव्यापी रूपमै रगत अभाव चुलिएको छ। दसैंका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन। भक्तपुरमा पनि रगत अभाव छ,' सहमहामन्त्री थापाले भने, 'दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौं, माग भने दैनिक १५० पिन्टसम्म हुने गरेको छ। रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौं, रित्तो फर्कनुपरेको छैन।'
रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरूलाई फोन गरेर बोलाउँदै रगत संकलन गरेर पठाउने गरेको थापाले बताए । भक्तपुरमा मात्र नभई काठमाडौं उपत्यका लगायत काभ्रपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो। उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैसँग आह्वान गरे।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले पनि रक्तदाताको सूची हेर्दै बोलाएर रगत संकलन गरिरहेको जानकारी दिए।
'दसैंको अष्टमीदेखि दशमीसम्म मेरो बसाइँ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो। रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो,' उनले भने, 'हिजो बिहीबार पनि म लगायत भाइ, बहिनी र साथीलाई कार्यालयमै बोलाएर रक्तदान गरायौं।'
उनका अनुसार ठूला अस्पतालमा दसैंको समय ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेंगीका बिरामीका लागि रगतको माग बढेको छ। डेंगीका बिरामी बढ्दै गएपछि रगतको माग बढ्दै गएको उनले बताए। उनका अनुसार दैनिक १५० जना रगत लिन कार्यालयमै आउँछन् भने रगत माग्न सयौं कल फोन आउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: