हुम्ला । यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मूल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ हुम्लाका बरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताए । उनले साना ठूला खसीको मुल्य औसतमा सात करोडको कारोवार यस पटकको दसैंमा भएको बताए ।
दसैमा खसीको मूल्य पन्द्रदेखि चालीस हजारसम्म तिर्नुपरेको थियो । खसी बिक्रीबाट भएको आर्थिक कारोवार हालसम्मकै उच्च भएको उनको भनाइ छ । पचास जना व्यापारीले दसैंका लागि खसीको व्यापार गरेका थिए ।
हुम्ला जिल्लाको घरधुरी सङ्ख्या करिब एघार हजार रहेको छ । यी सबै खसी अधिकांश स्थानीय छन् । उनले मूल्य जति बृद्धि भए पनि खसीको व्यापार नघटेको बताए । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका– ३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: