काठमाडौं । आसुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बलिदान’ को शीर्षक सहितको ’थिमलुक’ सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्रको श्रेष्ठ सिरिज ’प्रेम गीत’ सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शन सुरुवात गरेका सन्तोष सेनले यो चलचित्र बनाउन लागेका हुन् ।
शनिवार दसैँ, फूलपातीको अवसर पारी घोषणा गरिएको ‘बलिदान’ को रिलिज २०८१ सालको फूलपातीको दिन तय गरिएको छ । ‘बलिदान’ को निर्देशन सन्तोष आफैंले गर्दैछन् । आसुसेन प्रालि तथा सन्तोषको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिष्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरीलगायत छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ’स्क्रिप्ट डक्टर’ का रूपमा मनोज पण्डित छन् । ‘थिमलुक’ मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’ को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूको उत्पत्ति, कारण र परिणामको विषय चित्रण हुनेछ ।
चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भनेका छन् । ‘नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी–विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो’ सेनले भने ।
यो चलचित्रमा विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए । ‘काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने राज्य पीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सुक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ताबाट सचेत हुने सन्देश चलचित्रमा दिनेछौँ’, उनले भने ।
सेनका अनुसार चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी–विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए ।
‘त्यस्ता युगपुरुषले नै तानाशाही कुटिलहरूको बलि दिएर समाज तथा भूगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने चलचित्र बलिदान हो’ सेनले भने । तिहारलगत्तै यो चलचित्रको छायाङ्कनमा जाने तयारी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: