Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

याे हप्ता तपाइकाे भाग्य कस्ताे छ ? कात्तिक १० गते सम्मकाे राशिफल

खबरडबली संवाददाता

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । साताको मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता सफल यात्राको योग छ । आफन्त सँग भेट घाट हुनेछ । राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता अचल सम्पत्ति हात पर्नेछ । नयाँ कार्य प्राप्तिको योग रहेको छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ समाचार पनि सुन्न पाइएला, तर आफ्नै घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । नजिकका व्यक्तिबाट विश्वासघात होला । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । पदोन्नतिको सम्भावना प्रबल रहेको छ । यात्रा र भ्रमण को योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता नयाँ कामको थालनी या योजना बन्ला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गर्नाले राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग घिउ रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता आफन्त सँग भेटघाट हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । यो यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता बन्न लागेको काम बिग्रनसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तरार्धमा मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शेयर बजारबाट पनि लाभ नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य र यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल  हाम्राेपत्राेबाट

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending