Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

दशैंको सुरक्षा व्यवस्थाका लागि पचास हजार प्रहरी तैनाथ, घर जान फर्किन यातायातको चुस्त व्यवस्था रहेको दावी

रिता बोलखे

काठमाडौं । नवरात्रको छैटौंदिनसम्म आईपुग्दादशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन् ।  शहरका सबैनाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी शहर विस्तारै सुनसान हुँदैगएको देखिन्छ।
अध्ययन, रोजगारी र अन्य कामले उपत्यकामा बसोबास गर्दै आएका मानिसहरु नेपालीहरु मुख्य पर्व दशैँमा आफ्नो जन्मस्थल फर्किने परम्परा रहेको छ। 
काठमाडौं छाड्ने मानिसहरुको चाप बढेकाले दैनिक झण्डै दुई सय ५० देखि तीन सय सवारी साधन सञ्चालन भईरहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए। 
सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दशैं मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेकोबताए। 
यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। 
चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेकोगुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे। 
उनले भने,‘हामी व्यवस्थापन गर्दैछौँ। यात्रुहरू पठाउँदै छौं। टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँ पाउँदैन। अगाडि नै टिकट बुक गरिसकेका हुन्छन्। सडकको क्लियर कुरा नभएको कारणले क्युमा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खुल्ला गरिएको छ’ उनले भने।
अहिलेसम्म ७० प्रतिशत भन्दाबढी टिकट सकिएको उनले बताए। तर टिकट अभाव हुन नदिने उनको भनाई छ। 
उनले भने,‘करिव ७० प्रतिशत भन्दा अग्रिम टिकट काटिसकेको छ। अन्य गाडीहरू दैनिक रुपमा आउँछन्। सडकबाट गाडी यहाँ नआइपुगुन्जेल रिक्स लिएर टिकट काट्न समस्या छ। गत वर्षमा पनि टिकट पाउँदैन भन्ने गुनासोहरू आउँथ्यो। तर हामी सबै यात्रुहरूलाई मेची महाकाली पु¥याएका छौं। बाटो सडकको कारणले पनि गाडी आवतजावतमा समय लाग्ने गरेको छ।’
उनले अझ कतिपय स्थानमा सवारी चाप बढी भएको कारणले समयमा नै कुनै ठाउँमा पुग्ने अवस्था देखिँदैन। काठमाडौंको थानकोटको सडक विग्रेका कारण कलंकीबाट नागढुंगासम्म पुग्नकै लागि धेरै समय लाग्ने तथा ट्राफिक व्यवस्थापनमा पनि समस्या आउने गरेको बताएका छन्। 
त्यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचना सार्वजनिक गर्नु मुख्य भूमिका रहेका बताएका छन् ।  
उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो। लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ। जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं। यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ।’
ठूलापर्व दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए। 
देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए। 
उक्त सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए । 
चाडबाडमा आम नागरिकको सुरक्षाका लागि  ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए ।  
उनले भने,‘हामीले विशेषगरी दशैँ,दिपावली, नेपालसंवत रछटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याईसकेका छौं। आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने,बैंक तथा वित्तिय संस्थाका कारोवारलाई सुरक्षित गराउने,चोरी तस्करी,दुर्घटना,कृतिम अभाव र कालोबजारी जस्ता कुराहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौं। त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५सय ३० जना प्रहरी कर्मचारीहरु फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन।’ उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए । 
कडायतका अनुसार प्रहरीले दशैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरुमा हुने दुर्घटना न्यूनिकरण कागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ। कडायतले टाढा जाने सवारी चालकले ट्राफिक नियम पालना नगर्दा विगतमा ठूला दुद्र्धटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता  कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरीरहेको छ। 
उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागि समेत प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत नै नवीनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको कडायतले बताए । 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending