Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

२०८० कात्तिक ३ गतेको राशिफल

खबरडबली संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ। मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ। बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ। उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पुरानो समस्या सुल्झाउन सकिने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। कामबाट पनि फुर्सद पाइने छ। प्रशंसकहरू बढ्नेछन्। आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। होसियारीसाथ काम लिनुपर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्याङ्कन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा राम्रै लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो  स्थानमा रहेकाले साथीभाई तथा अन्य विश्वासपात्रबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा उचित समय दिन नसकिएला। आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट प्रथम स्थान अर्थात् वृश्चिक राशिमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ। साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ। गरेको कामले प्रशंसा पाउने छ। दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। परिवार, सहकर्मी तथा साथीभाईसँग विवाद हुन सक्ने सम्भावना छ। स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ। मनोरन्जनको क्षेत्र खर्च हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कामका लागि अनुकूल समय छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहेकाले प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बोल्दा विचार पुर्याउनु पर्ने समय छ, अन्यथा काम बिग्रिन सक्छ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending