Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

हुने खानेलाई दशैं, हुँदा खानेलाई रिणको भारी

खबरडबली संवाददाता

काठमाडौं । हुँदा खानेलाई नआउने नेपाली चाडपर्व हुनेखानेहरूलाई मात्रै आउने गरेको देखिन्छ । हुनेखानेहरू धूमधामका साथ चाडपर्व मनाई रहेका देखीन्छन भने हुँदा खानेहरू वर्ष दिनलाई रिणकोभमरी बोकी चाडबाडलाई बिदाइ गरेको देखिन्छ । देशको अधिकांश स्थानमा चाडपर्व भने हुनेखानेहरूले मात्रै मनाउने गरेको सहजै देखिन्छ । चाडबाड मनाउन हुँदा खानेहरूलाई मुस्किल नै देखिन्छ झुपडीमा आगो नबल्दा महलमा हुनेहरू मोज मस्तीमै रमाएका हुन्छन् ।

नेपाली समाजमा पछिल्लो समय हरेक चाडबाडहरू देखाउनका लागी तडक भडकका साथ मनाउन लागिएको छ । आफूसँग हुँदै नभए पनि देखाउनका लागी चाडपर्व मनाउन थाले सँगै आफ्नो कमाइले वर्षमा ३ महिना पनि खान नपुग्नेहरूलाई चाडबाड मनाएको रिन तिर्न नै वर्ष दिन लाग्ने गर्दछ । दशैले गरिबहरूलाई सधैँ रिनकै भरी बोकाएर जान्छ वर्ष दिनलाई नै चिन्तामा पारेर, हुँदा खाने सधैँ झुपडीको झुपडी मै र  हुनेखानेहरू सधैँ महलको महल मै ।

सालको पात बेचेर दसैँ खर्च जुटाउँदै 

माग्नु पनि नपरोस् ढाँटी छली पनि गर्नु नपरोस् दुखले आफ्ना सन्तानलाई खुसी दिनु आमा बाबुको कर्तव्य हो । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी पार्वती विश्वकर्माले पनि वर्ष दिन भरी नै दुख गरेर छोरा छोरीलाई हुर्काई रहेकी छन् । आफ्नो जमिनमा वर्षमा ३ महिना खान पुग्ने र अरू ९ महिना मजदुरी गर्नु पर्ने विश्वकर्मा परिवारलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता सधैँ हुने गरे पनि विगत वर्ष देखी आफूले सोह्श्राद्ध तथा दसैँ सुरु भए लगतै सालको पात बेचेर छोराछोरीहरूको रहर पुरा गर्ने गरेको बताइन् । 

विगतमा असार साउनमा धान रोपाइँ तथा कोदो रोपाई देखी खासै काम नहुने हुँदा दसैँ खर्च जुटाउन धौधौ हुने विश्वकर्मा परिवार अहिले ओखलढुङ्गा सदरमुकाममा शनिवार र बुधवार लाग्ने हटियामा सालको पात बेचेर दसैँ खर्च जुटाई रहेका छन् । फुर्सदको समयमा जङ्गलमा गएर एक भारी सालको पात लिएर हटियामा ल्याई बेचेर आफूले दसैँ खर्च पुर्‍याउने गरेको  विश्वकर्माको भनाइ छ  । 

सोह्श्राद्ध तथा दसैँ सुरु भए पछि आफूले हरेक हप्ता सालको पात ल्याई हटियामा बेच्ने गरेको उनको भनाई छ । ३० देखी ५० रुपैंया मुठो सालको पात बेचेर आफूले एक भारी सालको पातबाट दुई हजार देखी तिन हजार सम्म आम्दानी गर्ने गरेको विश्वकर्माले भनाई छ । यहाँका दलित समुदायका महिलाहरु जङ्गल गएर सालको पात ल्याई हटियामा बेच्ने गरेको भए पनि पछिल्लो समय  जङ्गल फडानी भए पछि रुखहरू सुकेको र साना बिरुवामा पात राम्रो नपाइने हुँदा समस्या भएको बताउँछन् ।

सिजनमा पनि खुकुरी नबिक्दा दसैँ मनाउन समस्या 
ओखलढुङ्गामा लाग्ने शनिबारे तथा बुधबारे हटियामा खुकुरीको व्यापार घटे पछि पुर्ख्यौली आरन पेसाबाट गुजारा चलाउनेहरूलाई दसैँ मनाउन नि कठिन भएको छ ।  दसैँको सिजन सुरु भए पनि तयारी खुकुरी आए सँगै खुकुरीको व्यापार घटेका कारण निम्न आय श्रोत भएका विश्कर्माहरुलाई दसैँ मनाउन कठिन भएको हो ।

विश्वकर्मा समुदायले आफ्नो पुर्ख्यौली आरन पेसाबाट निर्माण गरेका खुकुरीहरू विगत वर्षको भन्दा यो वर्ष दसैँ लागे पनि बिक्री नभएको मोलुङ्ग गाउँपालिका वडा नं. २ टेकनपुरका ईश्वर बहादुर विश्वकर्माले बताए । मोलुङ्ग गाउँपालिकाको टेकनपुरमा २० घर भन्दा बढी विश्वकर्माहरूको बस्ती रहेका छन् । धेरैले आरन पेसा छाडी व्यापार व्यवसायमा लागे पनि आफूले यो पेसा निरन्तर गरिरहेको र पछिल्लो समय आरनले मात्रै परिवार चलाउन धौधौ परेको विश्वकर्माको भनाई छ ।

सिद्धिचरण नगरपालिका वडा नं ७ बिगुटारमा रहेका विश्वकर्मा समुदायका अधिकांशले पुर्ख्यौली पेसा छाडेर अहिले अन्य पेसा व्यवसाय गर्न लागेको कारण आरन पेसा गर्ने मान्छे खोज्नु पर्ने भएको स्थानीय मेख बहादुर विश्वकर्माको भनाई छ । आफूहरूले बाली घरे प्रथा छाडेर ब्यवसायिकरुपमा यो पेसा गरे पनि सिजनमा खुकुरीको व्यापार घटेपछि दसैँ मान्न धौ धौ भएको विश्वकर्मा बताउँछन् ।

रोपाई सके लगतै दसैँको पिर
यो कथा अन्य स्थानमा पनि रहेको छ  । विशेष गरी ग्रामीण भेगमा रहेका दलित समुदायमा चाडबाड कसरी मनाउने चिन्ता रहेको हुन्छ । असारको रोपाइँ सके लगतै दसैँका लागी र बालबच्चालाई के दिने कसो गर्ने भनेर पिरोल्ने गरेको वर्ष दिन नै ज्यामी काम गरेर पेट पाल्ने गरेकी गाउँपालिका वडा नं ६ की  ६२ वर्षीय भ माया सार्कीको भनाई छ । 

उनी आफ्नो श्रीमानले अर्कै श्रीमती लिएर हिँडे पछि गाउँ मै सुख दुःख गरेर आफ्ना ४ वटा छोराछोरी हुर्काएर बुढेसकालको सहारा भनेर बसे पनि बुढेसकालमा आफ्नो कोही नभएको उनी बताउँछिन् । छोराछोरी बुढेसकालमा सहारा बन्छन भन्ने भए पनि आँफु सँग छोराछोरी नबसे पछि उमेर सँगै पिडा बढेको सार्कीको भनाई छ । 

छोराले सुख दिन्छन् भन्ने लागे पनि छोराहरू श्रीमती लिएर आआफ्नै बाटो लागेको र उल्टै एउटा छोराले बाउको बिडो थामेर आफूलाई झन् दुख थपिदिएको उनको भनाई छ । बुहारी अर्कै सँग हिँडेको र छोराले कान्छी श्रीमती लिएर हिँडेपछि दुईनातीनी पनि सँगै हुँदा दसैँ कसरी मनाउने चिन्ता रहेको छ सार्कीलाई । नत छोराहरू आउँछन् नत कहिलेकाहीँ आमा खाऊ भनेर नै रुपैयाँ पैसा नै दिन्छन् अव दसैँ कसरी मनाउनु नातिनीहरूलाई के खुवाउनु यो चाडबाड हामी गरिबका लागी त आउदानी नआओस् उनी दुखेसो गर्छिन् । 

देशमा समय सँगै व्यवस्था परिवर्तन भए पनि नेपालीहरूको गरिबी कहिल्यै हटेको छैन । ०४६ को आन्दोलन पछि बहुदलीय व्यवस्थाको पुनः स्थापना, ०५२ देखीको माओवादी जनयुद्ध र ०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलनले ल्याएको परिवर्तनले पनि जनताको गरिबी जस्ताको तस्तै रहेको छ । झुपडीमा बस्नेहरूलाई कुन दसैँ कुन तिहार कहिल्यै चाडपर्व नआउने र बर्सेनि रिनको भारी बोकाएर जाने गरेको छन्  दसैँ तिहार लगायतका चाडपर्व ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending