Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

प्रतिकेजी ११५ रुपैयाँमा यी ठाउँबाट गरिँदैछ चिनी बिक्री

खबरडबली संवाददाता

काठमाडौँ  । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । 

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्रखुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु¥याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ । 

सङ्घका अध्यक्ष नरेश खड्कीले बुधबार चिनी बिक्री गरिएका क्षेत्रमा अधिकांशले चिनी प्राप्त गरेको र केही छुटेको भए अर्को दिन पनि दिन सकिने व्यवस्था गरिने जानकारी दिए ।

तत्काल उपभोक्ताको समस्या टार्ने उद्देश्यले सरकारको समन्वयमा शून्य प्रतिशत नाफा लिएर सङ्घले नितान्त सेवाको भावले चिनी बिक्रीको व्यवस्था गरेको उनको भनाइ छ । अध्यक्ष खड्कीले भने, “अहिले उपभोक्तालाई चिनी बिक्री गर्दा हाम्रा व्यवसायी साथीलाई नाफा शून्य हो । प्लास्टिकमा दिँदा उल्टै नोक्सान भएको छ तर पनि सेवाका लागि साथीहरू बिहानैदेखि खटिनुभएको छ ।”

अहिले बजारमा चिनी अभाव भएर उपभोक्ताले दुःख पाएकाले उपभोक्तालाई स्वयम्सेवकका रूपमा सेवा दिने छुट्टै स्टल राखेर चिनी बिक्रीको व्यवस्था मिलाइएको पनि अध्यक्ष खड्कीले जानकारी दिए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ ।

उद्योगीले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी कम्पनीलाई बिक्री गरिसकेको उच्च गुणस्तरको एक हजार टन चिनी खरिद गरेर खुद्रा व्यापार सङ्घको समन्वयमा बुधबारबाट बिक्री गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending