Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

संसदको मर्म र गरिमालाई एमालेले धुलिसात बनायो : राजेन्द्र राई

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताएका हुन् ।

 उनले प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए । ‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थन रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ,’ उनले भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने । तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पुर्याउन सकेन। जम्मा ३९ सांसल लिएर बस्ने बहुमतको सरकार ढाल्ने, योकुनै नैतिक कुरा हुनसक्छ ।’

उनले मुख्यमन्त्री कार्कीले भविष्यमा गठबन्धनको मुख्यमन्त्रीका रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘अहिलेकै जसरी मुख्यमन्त्री हुनुथियो भने सायद प्रस्ताव हामीलाई केदार कार्कीलाई भन्दा पहिले आएको थियो होला । दशौं पटक आएको थियो । उद्धव थापा, इन्द्र आङ्बोलाई पनि नगएको होइन । यो तरिकाले मुख्यमन्त्री हुने हो भने हामी पहिल्यै हुन सक्थ्यौं, उनले भने, सबैभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव । ४ जना भएपछि उहाँहरूको काम चलिहाल्थ्यो । त्यसो हुँदा सबैभन्दा पहिला आयो । त्यसकारण कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म, भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकारेनौं, मुख्यमन्त्री भएनौं ।

केदार कार्कीलाई सिद्धान्ततः विश्वासको मत दिन नहुने राईको भनाइ थियो । उनले प्रदेश सभा विघटन भई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि विश्वासको मत दिने बताए । सिद्धान्ततः भोट दिन मिल्ने विषय होइन । तर, मध्यावधिलाई जोगाउनुपर्छ भन्ने जनताको चाहना छ । त्यो चाहनालाई कदर गर्दै गठबधनको निर्णय छ, ‘केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने,’ उनले भने ।

उनले सरकार गठनका क्रममा कोशी प्रदेश सभामा दुःखद् अभ्यास भएका भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सभाको मर्यादा धुलिसात हुँदै गएको पनि बताए । प्रदेश सभाको मर्म, आत्मा कोमामा पुगिसकेको अवस्था छ । एक हिसाबले भन्ने हो भने यो प्रदेश सभा विघटन भएर मध्यावधिमा लगेर ताजा जनादेश ल्याएर यसको आत्मालाई पुनर्जिवित गर्नुपर्ने अवस्था निर्माण भएको छ,’ उनले भने । हाकाहाकी संविधान र कानुनका प्रावधान उलंघन भएको पनि उनको भनाइ थियो ।

मुख्यमन्त्री केदार कार्कीले सिर्जना गरेको गठबन्धन अस्वाभाविक रहेको पनि राईको भनाइ थियो । ‘कांग्रेसबाट विद्रोह गरेको ८ जना र एमालेको सरकार स्वाभाविक गठबन्धन थियो भने ठिक ७ दिन अगाडि एमालेको मुख्यमन्त्री रहँदा विश्वासको मत किन दिन सकेन, यो गठबन्धन सही हो भने हिक्मत कार्कीले पनि विश्वासको मत प्राप्त गर्नुपर्थ्यो नि त,’ उनले भने । सांगठनिक अराजकता र जनादेश विपरीत कार्की गएको पनि उनको भनाइ थियो ।

राईले प्रदेशको नामाकरण पुनः हुनुपर्ने मागलाई बेवास्ता नगर्न पनि आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending