Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

संसदको मर्म र गरिमालाई एमालेले धुलिसात बनायो : राजेन्द्र राई

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताएका हुन् ।

 उनले प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए । ‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थन रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ,’ उनले भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने । तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पुर्याउन सकेन। जम्मा ३९ सांसल लिएर बस्ने बहुमतको सरकार ढाल्ने, योकुनै नैतिक कुरा हुनसक्छ ।’

उनले मुख्यमन्त्री कार्कीले भविष्यमा गठबन्धनको मुख्यमन्त्रीका रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘अहिलेकै जसरी मुख्यमन्त्री हुनुथियो भने सायद प्रस्ताव हामीलाई केदार कार्कीलाई भन्दा पहिले आएको थियो होला । दशौं पटक आएको थियो । उद्धव थापा, इन्द्र आङ्बोलाई पनि नगएको होइन । यो तरिकाले मुख्यमन्त्री हुने हो भने हामी पहिल्यै हुन सक्थ्यौं, उनले भने, सबैभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव । ४ जना भएपछि उहाँहरूको काम चलिहाल्थ्यो । त्यसो हुँदा सबैभन्दा पहिला आयो । त्यसकारण कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म, भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकारेनौं, मुख्यमन्त्री भएनौं ।

केदार कार्कीलाई सिद्धान्ततः विश्वासको मत दिन नहुने राईको भनाइ थियो । उनले प्रदेश सभा विघटन भई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि विश्वासको मत दिने बताए । सिद्धान्ततः भोट दिन मिल्ने विषय होइन । तर, मध्यावधिलाई जोगाउनुपर्छ भन्ने जनताको चाहना छ । त्यो चाहनालाई कदर गर्दै गठबधनको निर्णय छ, ‘केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने,’ उनले भने ।

उनले सरकार गठनका क्रममा कोशी प्रदेश सभामा दुःखद् अभ्यास भएका भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सभाको मर्यादा धुलिसात हुँदै गएको पनि बताए । प्रदेश सभाको मर्म, आत्मा कोमामा पुगिसकेको अवस्था छ । एक हिसाबले भन्ने हो भने यो प्रदेश सभा विघटन भएर मध्यावधिमा लगेर ताजा जनादेश ल्याएर यसको आत्मालाई पुनर्जिवित गर्नुपर्ने अवस्था निर्माण भएको छ,’ उनले भने । हाकाहाकी संविधान र कानुनका प्रावधान उलंघन भएको पनि उनको भनाइ थियो ।

मुख्यमन्त्री केदार कार्कीले सिर्जना गरेको गठबन्धन अस्वाभाविक रहेको पनि राईको भनाइ थियो । ‘कांग्रेसबाट विद्रोह गरेको ८ जना र एमालेको सरकार स्वाभाविक गठबन्धन थियो भने ठिक ७ दिन अगाडि एमालेको मुख्यमन्त्री रहँदा विश्वासको मत किन दिन सकेन, यो गठबन्धन सही हो भने हिक्मत कार्कीले पनि विश्वासको मत प्राप्त गर्नुपर्थ्यो नि त,’ उनले भने । सांगठनिक अराजकता र जनादेश विपरीत कार्की गएको पनि उनको भनाइ थियो ।

राईले प्रदेशको नामाकरण पुनः हुनुपर्ने मागलाई बेवास्ता नगर्न पनि आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending