विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री निर्माणको म्यूजिकल खेल अन्त्य भएको बताएको छ । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धब थापाले यस्तो बताएका हुन् ।
उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्यूजिकल चेयरको खेल अन्त्य भएको बताए ।मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए ।
गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेद्वारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए । गठबन्धनका तीन जना शीर्ष नेताको हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।
‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हामीले बजेटलाई अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौं । यसलाई कसैले हारजीतको रुपमा नलिऔं,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिको माध्यामबाट यसलाई पनि टुंग्याउँ ।’
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ती जनाउनु आवश्यक नभएको बताए । ‘सडकमा आन्दोलन भइरहेको छ । के हो भनेर सरकारले सुन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने, ‘अब मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: