बनेपा । काभ्रेपलाञ्चकको पनौती नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरवस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको र दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्याइएकामा चिकित्सककाे टाेलीले बिहान साढे ७ बजे उनलाई मृत घोषणा गरेएको प्रहरीले बताएको छ।
बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल घाइते भएका छन्।
रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्। उनीहरू गाडीमा सवार थिए।
मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: