विराटनगर । सरल नेपाली भाषामा लेखिएको दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ । संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो ।
प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
सनातन धर्म सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्राडा नेपालले महसुस गरेको बताए ।
सो ग्रन्थ वारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवत पहिलो भएको बताए । भन्नु भयो (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले पुस्तकमा भावानुवाद भनी उल्लेख गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छायाँ अनुवाद भन्न मिल्ने डा कोइरालाको भनाइ थियो ।
सो अवसरमा प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए । ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: