ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समिति सभापती एवम् संघीय सांसद रामहरी खतिवडाले ओखलढुंगाका कैदबिन्दीलाई खसी उपहार दिएका छन् । खतिवडाले विजया दशमीको अवसरमा ओखलढुंगा कारागारमा रहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् ।
उनले सोमबार कारागारका नाइके हुकुम सिंह कटवाललाई खसी हस्तान्तण गर्दै सम्पुर्ण कैदीबन्दीलाई दशैको शुभकामना दिए थिए । खतिवडाले कारागार पछिको जीवन एक उदाहरणीय रूपमा बिताउन कैदीबन्दीलाई सुझाब दिएका छन् ।
संघिय सांसद खतिवडा समक्ष कारागारका निमित्त जेलर प्रमुख नरेन्द्रलाल कर्णले कारागारमा क्षमता भन्दा दोेब्बर बढी कैदीबन्दी हुँदा समस्या रहेको जानकारी गराएका छन् । बजेट अभावका कारण नयाँ बनेको महिला कारागार भवनको वरिपरि सुरक्षा पर्खाल लगाउन नसकिएको कर्णले जानकारी गराएका छन् । कारागारमा शौचालयको समस्या रहेको नाईके कटवालले जानकारी गराएका छन् ।
शौच गर्नका लागि कैदिबन्दीहरु विहान २ बजे देखी लाईनमा बस्नु पर्ने बाध्यता रहेको कटवालले गुनासो गरे । कारागारमा रहेको समस्या समाधानका लागि आफुले पहल गर्ने खतविडाले बताए ।
३० जनाको क्षमता रहेको कारागारमा हाल छ जना महिला र ७५ जना पुरुष गरि ८१ जना कैदीबन्दी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: