काठमाडौँ । नेपालमा बहिरोपनको समस्या बढीरहेका बेला यसको निराकरणका लागि काम गर्दै आएको गैरनाफामुलक सामाजिक संस्था हो इएर केयर नेपालले आफ्नो सक्रियता अझै बढाएको छ । जसले आइतबार आफ्नो दशौँ वार्षिक उत्सब पनि मनाएको छ ।
ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर इएर केयर नेपालले कानको सुरक्षा कसरी राख्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्दै इएर केयर नेपालकी संस्थापक अध्यक्ष डाक्टर मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न बाध्य हुने बताइन् । उनले आफुले खाईपाई आएको आर्कषक जागिर छाडेर एयर केयर नेपालको स्थापना गर्दाका चुनौतीहरुबारे बताएकी थिइन् ।
उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना , जनचेतना र उचित प्राथमिक उपचारद्धारा रोकथाम गर्न सकिने बताइन् । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले अहिलेको यो अवस्थासम्म आइपुग्न मद्धत गर्ने आफ्नो टिमको बारेमा खुलेर प्रशंसा गरेका थिए । रिसालले एयर केयर नेपालको मुख्य उदेश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए । उनले यो संस्थाले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डाक्टर मिलनको संघर्षको खुलेर प्रशंसा गरेका थिए । उनले इएर केयर नेपालले आज मनाइरहेको १० वर्षे उत्सब धेरै पटक मनाएको देख्न पाइयोस् भन्दै मुक्तकण्ठले संस्थाको प्रगतीको कामना समेत गरे ।
त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । डाक्टर पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।
यो संस्थाले सरकारी स्कुलहरुमा कान परिक्षणको स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन् ।
कानको जटिल समस्या भएका बालबालिकाहरुको कानको शल्यक्रिैया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ । यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ । कानको समस्यालाई सामान्य समस्या नठानी तेल, घर्यायसी तरल पर्दाथ राख्न नहुने कुरामा इएर केयर नेपालले सचेतना फैलाउँदै आएको छ ।
कानलाई सुरक्षीत राख्नका लागि कानमा फोहोर औँलाले, प्वाँख अनि कनकने जस्ता बस्तुले कोट्याउन हुँदैन । बच्चालाई कहिल्यै पनि सुतेर दुध खुवाउनु हुँदैन । पौष्टिक आहार र सफाईको ध्यान राख्नुपर्छ र समयमा सबै खोप लगाउनुपर्छ ।
.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: