Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

फ्रेडरिख एङ्गेल्स : मार्क्सको समाधिमा भाषण

खबरडबली संवाददाता

१४ मार्चको दिन दिउँसोको पौने तीन बजे आधुनिक युगका सबैभन्दा महान् विचारकको चिन्तन–क्रिया रोकियो । केवल दुई मिनेटको लागि मात्रै उहाँलाई एक्लै छोडेका थियौँ, तर कोठामा फर्कदा हामीले उहाँलाई आफ्नो आरामकुर्सीमा शान्तिपूर्वक निदाएको पायौँ, तर यो महानिन्द्रा थियो ।

युरोप र अमेरिकाका सङ्घर्षरत सर्वहारावर्गको लागि, इतिहास विज्ञानको लागि यस महामानवको मृत्य एक अपार क्षति बन्न गएको छ । यस ओजस्वी मस्तिष्कको अवसानले जुन अभाव उत्पन्न गरेको छ, छिटै मानिसहरूले त्यसको अनुभव गर्नेछन् ।

जसरी डार्विनले जीवजगत्को विकासको नियम पत्ता लगाउनुभयो, त्यसैगरी माक्र्सले मानव इतिहासमा विकासको नियम पत्ता लगाउनुभयो । राजनीति, विज्ञान, कला, धर्म आदि कुरामा अभिरुचि राख्नुभन्दा पहिले मानिसले खाने, पिउने, बस्ने र लाउने कुराको बन्दोबस्त गर्नुपर्ने हुन्छ भन्ने सामान्य तथ्य पछिल्लो समयसम्म वैचारिक खोलभित्र लुकेको थियो† त्यसै कारणले जीविकाका तात्कालिक भौतिक साधनहरूको उत्पादन र यस प्रकारले कुनै जनता अथवा युगको आर्थिक विकासको प्रत्येक निश्चित चरण नै त्यो आधार हो, जसमा राजकीय संस्थाहरू, कानुनी धारणाहरू, कला र अझ त्यस जातिको धार्मिक आस्थासमेत विकसित हुन्छ । फलत: यसै आधारमा यी कुराहरूको व्याख्या गरिनुपर्दछ, तर उल्टोचाहिँ होइन, जस्तो अहिलेसम्म हुँदै आएको छ ।

यति मात्रै होइन । माक्र्सले त्यस विशिष्ट नियमको उद्घाटन गर्नुभयो । जसद्वारा आधुनिक पुँजीवादी उत्पादनप्रणाली र त्यस प्रणालीले जन्माएको बुर्जुवा समाज सञ्चालित हुन्छ । अतिरिक्त मुल्यको अविष्कारले एकै चोटि यस क्षेत्रमा स्पष्टता ल्यायो, जबकि बुर्जुवा अर्थशास्त्रीहरूले मात्रै होइन, समाजवादी आलोचकहरूले समेत यस क्षेत्रमा पहिले जे जति अनुसन्धानहरू गरे, ती सबै अन्धकारमा छामछुमसिवाय अरू केही थिएन ।

एउटा जीवनको लागि यस्ता दुई आविष्कारहरू नै पर्याप्त थिए । यस्तो एउटा मात्रै पनि आविष्कार गर्ने सौभाग्य पाएको व्यक्तिलाई भाग्यमानी ठान्नुपर्छ । तर माक्र्सले चाहिँ आफुले अनुसन्धान गरेको प्रत्येक क्षेत्रमा, जसमध्ये गणित पनि पथ्र्यो, आफ्नै किसिमका आविष्कारहरू गर्नभयो । फेरि उहाँले अति धेरै क्षेत्रमा अनुसन्धान कार्य गर्नुभयो र एउटा पनि क्षेत्रमा सतही अन्वेषण गर्नुभएन ।

उहाँ त्यस्तो वैज्ञानिक हुनुहुन्थ्यो । तर यो कदापि उहाँको प्रमुख गुण थिएन । माक्र्सको लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील, क्रान्तिकारी शक्ति थियो । कुनै पनि सैद्धान्तिक क्षेत्रमा हुने नयाँ खोजबाट, जसको व्यावहारिक उपयोगिताको प्रायश: अनुमानसम्म पनि गर्न सकिँदैनथ्यो, जतिसुकै यथार्थ आनन्द प्राप्त गरे तापनि, उहाँ उद्योग अथवा समग्र रूपमा ऐतिहासिक विकासमाथि क्रान्तिकारी प्रभाव पार्ने कुनै खोजबाट पूर्णत: अर्कै खालको सन्तोष प्राप्त गर्नुहुन्थ्यो । उदाहरणको लागि बिजुलीको क्षेत्रमा भएका आविष्कारहरूको विकासक्रम र मार्सल देप्रेका हालैका आविष्कारहरूको उहाँले बडो गहनतापूर्वक अध्ययन गर्नुभएको थियो ।


माक्र्स सबैभन्दा पहिले एक क्रान्तिकारी हुनुहुन्थ्यो । पुँजीवादी समाज र त्यस समाजद्वारा सिर्जित राजकीय संस्थाहरूको उन्मूलनमा कुनै न कुनै किसिमले योगदान पुर्‍याउनु, त्यस आधुनिक सर्वहारावर्गको मुक्तिको लागि हुने सङघर्षमा भाग लिनु, जसलाई उहाँले पहिलो पल्ट आफ्नो स्थिति र आफ्ना मागहरूप्रति, आफ्नो मुक्तिका शर्तहरूप्रति सचेत तुल्याउनुभएको थियो – यही थियो उहाँको जीवनको मूल उद्देश्य । सङघर्ष नै उहाँको जीवनपद्धति थियो । उहाँले जुन जोश, लगन र सफलतासाथ सङघर्ष गर्नुभयो, थोरै मानिसको लागि त्यो कुरा सम्भव थियो । सबैभन्दा पहिले Rheinische Zeitung (१८४२) (४), तत्पश्चात् पेरिसबाट प्रकाशित Vorwarts (१८४४) (८८), अनि Deutsche-Brusseler Zeitung (९) (१८४७) र, Neue Rheinische Zeitung (१८४८–१८४९), र New-York Daliy Tribune (१८), (१८५२–१८६१) मा कार्य, कतिपय जोशिला पुस्तकहरूको रचना, पेरिस, ब्रसल्स र लन्डनका सङ्गठनहरूमा काम र अन्ततोगत्वा यी सबै कार्यको महान् उपलब्धिको रूपमा अन्तर्राष्ट्रिय मजदुर सङ्घको (२४) स्थापना–वास्तवमा नै यो त्यस्तो कार्य थियो, जसको लागि त्यसको संस्थापकले जीवनमा बढी अरू केही काम नगरे तापनि, गर्व गर्न सक्दथ्यो ।

यिनै सब कारणले गर्दा माक्र्स आफ्नो युगमा सबैभन्दा बढी घृणा र लाञ्क्षनाको पात्र बन्नुभयो । निरङ्कुशतावादी र गणतन्त्रवादी–दुवै किसिमका सरकारहरू उहाँलाई आफ्नो देशबाट निकाल्ने आदेश जारी गर्दथे । बुर्जुवा, चाहे त्यो रुढिवादी अथवा उग्रप्रजातन्त्रवादी होस्, उहाँलाई सराप्न र उहाँको बदनामी गर्नमा तँछाड–मछाड गर्दथे । माक्र्सचाहिँ अत्यन्त आवश्यक परेको बेलामा बाहेक यी सबै कुराको कत्ति पनि वास्ता गर्नुहुन्नथ्यो र ती कुराहरूलाई माकुराको जालजस्तै आफ्नो बाटोबाट पन्छाउनुहुन्थ्यो । आज उहाँ यस संसारमा हुनुहुन्न । साइबेरियाका खानीहरूदेखि लिएर क्यालिफोर्नियासम्म, युरोप र अमेरिकाका सबै भागहरूमा लाखौँ लाख क्रान्तिकारीहरू (सहयोगी मजदुरहरू उहाँलाई प्रेम गर्दथे, उहाँको आदर गर्दथे र आज उहाँको निधनमा आँसु बगाउँदै छन् । आज म यहाँ के कुरा भन्ने आँट गर्दछु भने माक्र्सका धेरै विरोधीहरू थिए होलान्, तर शायद नै उहाँको कुनै व्यक्तिगत शत्रु थियो । ।

उहाँको नाम युगानुयुग अमर रहनेछ । त्यसै गरी उहाँका कार्यहरू पनि सदासर्वदा जीवित रहनेछन् !

– मार्च १७, १८८३ मा एङ्गेल्सले लन्डनको हाइगेट चिहानमा अङ्ग्रेजीमा दिनुभएको भाषण

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending