Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग

खबरडबली संवाददाता

काठमाडौं । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल ¥युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा बुद्धि पौड्यालले बाथरोग विभिन्न रोगको सँगालो रहेकोले नियमित औषधि सेवन गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउँछन्। “बाथरोग दीर्घरोग हो । यो औषधि खाएपछि निको हुँदैन । जीवनप्रयन्त रोग जान्छ तर नियमति औषधि खाएपछि नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “त्यसैले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । तर सधैँ यो रोग देखिइरहन्छ ।”

उनले वंशाणुगत र वातावरणीय प्रवाहले बाथरोग लाग्ने बताए । धुँलो धुवाँ, चुरोट खाने, मदिरा सेवन, युरिक एसिड हुने खानेकुरा (माछा, मासु र बढी चिल्लो पदार्थ बढी खादा), पखाला लाग्दा, बढी तौल भएको, दाँतको समस्या, फोक्सोका रोगले गर्दा बाथरोग लाग्ने गर्दछ । 

बाथरोग हरेक उमेर समूहका लागि हुने गरेको उहाँ बताउँछन्। पाँचदेखि १५ बर्ष उमेरसमूहकालाई मुटुको बाथज्वरो बढी हुने गर्दछ । नेपालमा दुई वटा बाथरोग बढी देखिने गरेको छ । त्यसमध्ये हाडजोर्नी खिइने रोग र आम बाथरोग हुन् । तीमध्ये आमवाथ कडा खालको बाथरोग हो भने हाडजोर्नीवाला बूढेसकालमा बढी हुने गर्दछ । 

बाथरोग विशेषज्ञ डा पौड्यालले आमबाथ रोग बढी महिलालाई हुने गर्दछ । उनका अनुसार दुई तिहाइ महिला र एक तिहाइ पुरुषलाई आमबाथ रोग लाग्ने गरेको छ । उनले ४० वर्षभन्दा माथिका महिलालाई आमबाथ रोग सुरुमा हाडजोर्नी दुख्ने, सुन्निेन, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी खोल्न र पार्न गा¥हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने गर्दछ । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्दछ । 

बाथरोग विशेषज्ञ डा पौड्यालले समयमा औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्नेजस्ता समस्या हुने गर्दछ । नेपालमा पनि नेसनल बाथरोग सेन्टरले सन् २०२१ मा पाँच हजार जनसङ्ख्यामा गरेको अध्ययनले २६ दशमलव ८ प्रतिशत मानिसमा वाथलगायत हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखाएको छ । सेन्टरले काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, मुस्ताङमा बाथरोगसम्बन्धी अध्ययन  गरेको  थियो । 

सो सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङचोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । 

उनका अनुसार नेपालमा करिब ८० लाख बाथरोगका बिरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० प्रतिशत जनसङ्ख्या मात्र सही उपचारको पहँुचभित्र रहेका छन् । 

दिवसकै अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उद्देश्यले राजधानीका कोटेश्वर, मङ्गलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, बौद्ध र सिफलमा शरीरका विभिन्न भागमा लाग्ने बाथसम्बन्धी फोटो प्रदर्शनी र मोटरसाइकल ¥यालीको आयोजना गरेको छ । ती स्थानमा बिहान ९ देखि बेलुका ६ बजेसम्म फोटो प्रदर्शनी हुनेछ । 

हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ कक्रक्क पर्ने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुन्निने बाथरोगका लक्षण हुन् ।  

त्यसैगरी बाथरोग भएका मानिसलाई कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, पिडौँला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मासंपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हात खुट्टा नीलो हुनेजस्ता लक्षण पनि देखिने गर्दछन् ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending