जनकपुरधाम । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गरेका छन्।
नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबी गरे।
“एमालेले नै कमजोर, असहाय, ज्येष्ठ नागरिक, सडकमा जीवन बिताउने नागरिकदेखि बालिकाको आत्मसम्मानका लागि सहुलियतको अभियान अगाडि बढाएको हो । एमालेले नै विकासका लागि सडक, बाटोघाटो, स्वास्थ्य, शिक्षा, उद्यमशीलतालगायत विकासको जग बसाल्दै देशलाई रेल युगमा प्रवेश गराएको हो”, अध्यक्ष ओलीले भने।
नेता ओलीले विसं २०७४ को चुनावपछिका तीन वर्ष आफू नेतृत्वको सरकारले गरेका कामको गति देखेर धेरैलाई जलन भएको आरोप लगाए ।
देशको विकासका लागि आगामी चुनावमा वडा तहदेखि नै पार्टीको कम्तीमा ५१ प्रतिशत सिटका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आम नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेसको भाग्य र भविष्यसँग जोडिएको हुलाकी राजमार्ग, कृषि सिँचाइलगायत विकासका पूर्वाधार बनाउन एमाले नेतृत्व अपरिहार्य भएको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना सबै तहमा पार्टीको सरकार भएमा मात्रै सम्भव हुने भन्दै सबै एकताबद्ध भएर पार्टी सङ्गठन बलियो बनाउनेतर्फ लाग्न अपिल गरे ।
महासचिव शङ्कर पोखरेलले मधेस केन्द्रित पार्टीले सरकारको नेतृत्व गरे पनि समृद्धिको नेतृत्व गर्न नसकेको आरोप लगाउँदै प्रदेशको विकासका लागि एमालेको विकल्प नरहेको दाबी गरे ।
पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले मधेसको विकासका लागि सुरु गरेको अभियानलाई पूर्णता दिन प्रदेश र सङ्घमा पनि एमालेकै सरकार आवश्यक भएको बताए ।
पार्टी सचिव एवं मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई अर्का सचिव रघुवीर महासेठ, नेत्री जुलीकुमारी महतोलगायतले सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: