म्याग्दी । गत वर्ष रु एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रु एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।
गत वर्ष रु १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले रु पाँच लाखमा ठेक्कामा दिएको बताए । राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।
“स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,” राजेन्द्रले भने, “बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।” स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल हो ।
यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । “फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,” उनले भने, “यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन ९पोलिनेशन० हुन पाएनन् ।”
मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । “३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ”, प्रमुख बस्ताकोटीले भने, “गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।”
रु पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए । बचैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए ।
मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए । “यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्”, उनले भने, “नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।”
किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताए । “स्याउलाई बजारको समस्या छैन,” उनले भने, “फलाउन सक्नु पर्यो जति पनि बिक्री हुन्छ ।”
धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताए । बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ थियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: