Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

अखिल क्रान्तिकारीकाे नयाँ नियम : २३ औं सम्मेलनमा सहभागी हुन प्रतिनिधि चुनिनुपर्ने

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलनका प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णय गरेको छ । असोज १९ गते पार्टी उपाध्यक्ष एवं जवस इन्चार्ज पम्फा भुसाल, फ्याक्सन  इन्चार्ज हिमाल शर्माको उपस्थितिमा बसेको क्रान्तिकारीको बैठकले २३ औं राष्ट्रिय सम्मेलनको प्रतिनिधि चुनिएर आउने पर्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय कमिटीले स्वतः मताधिकार बन्ने अधिकार खारेज भएको परिपत्रमार्फत जानकारी गराएको छ । यस्तै बैठकले संगठनभित्रको आन्तरिक विवाद हल गरेको छ । अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा २३ औं राष्ट्रिय सम्मेलन गर्ने गरी विवाद समाधान गरिएको इन्चार्ज शर्माले जानकारी दिए । उनकाअनुसार असन्तुष्ट पवन समूहलाई पहिलेकै जिम्मेवारी दिनेगरी विवाद समाधान गरेको जानकारी दिए । 

‘धेरै प्रयासपछि अखिल क्रान्तिकारी एकताबद्ध भएको छ । पञ्चा सिंहको नेतृत्वमा २३ औं सम्मेलन गर्ने र सबै प्रतिनिधि निर्वाचनबाट आउने समझदारी भएको छ । असन्तुष्ट पक्षलाई पुरानै जिम्मेवारी दिइएको छ’, शर्माले भने, ‘आयोजक कमिटीमा थोरै पदाधिकारी र सदस्य विस्तार गर्ने समझदारी भएको छ । दुवै पक्षबीच भावानात्मक सम्बन्ध भएकाले बाहिर राम्रो सन्देश गएको छ ।’

क्रान्तिकारीकी अध्यक्ष सिंहले आन्तरिक विवाद समाधान भएको जिकिर गरिन् । विगतमा भएको तिक्तता विर्सेर संगठबनलाई थप बलियो र एकताबद्ध भएर जाने उनले बताइन् । यसअघि भदौ २५ मा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएको थियो ।

साउनको तेस्रो साता काठमाडौँमा बसेको माओवादीको केन्द्रीय समितिले फ्याक्सन इन्चार्जको जिम्मेवारी शर्मालाई दिएपछि आन्तरिक विवाद मिलाउन उनले सक्रिय भूमिका खेलेका थिए । त्यस्तै बैठकले केन्द्रीय समिति निर्माणका लागि मापदण्ड पारित गरेको छ । 

यस्तो छ मापदण्ड
जसमा २२ औं सम्मेलनको प्रतिनिधि मध्येबाट केन्द्रीय समितिमा मनोनित गर्ने,२२ औं सम्मेलनअघि निर्वाचित जिल्ला अध्यक्ष, ठूला क्याम्पसका अध्यक्ष, प्रदेश पदाधिकारी, राष्ट्रिय कमिटीका पदाधिकारी छन् ।  यस्तै सातवटा भौगालिक प्रदेश, उपत्यका विशेष र विश्वविद्यायल कमाण्डबाट ५ जना समावेशी सहित प्रत्येक प्रदेशबाट १५/१५ जना रहने छन् । 

केन्द्रीय मापदण्डअनुसार केन्द्रीय सदस्य सिफारिस गर्दा भौगोलिक प्रदेशले प्रदेश पार्टीको रोहबरमा, संगठनको विशेष प्रदेश र विश्वविद्यालय कमाण्डले केन्द्रीय कार्यालयको रोहबरमा प्रदेश इन्चार्ज,अध्यक्ष र प्रमुख सचिवसम्मको कार्यालयको निर्णय प्रतिलिपिसहित केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै संगठनको सदस्यता वितरण मंसिरसम्म कायम गर्ने निर्णय  भएको छ । महासचिव दिपेश पुनको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । आइतबार साँझसम्म प्रतिवेदन बुझाउन समय दिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending