ओखलढुंगा । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुंगामा भने तयारी मात्र थालिएको हो ।
चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुंगा जिल्ला सदरमुकामको रमाईलोडाँडा र मिलनचोक तथा शहरबाट ओखलढुंगा छिर्ने प्रमुख नाका सुनकोशीको हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन गरिन लागेकेा ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए ।
रमाईलोडाँडा र मिलनचोक आसपासमा सवारी साधनको चाप पनि बढि हुने र चाडवाडको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने समस्याको तत्काल हल गर्नका लागि भन्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याउन लागिएको हो ।
त्यस्तै हर्कपुर नाका हुदै काठमाण्डौंबाट ओखलढुङ्गा लगायत सोलुखुम्बु, खोटाङ र भोजपुरका लागि समेत सवारी साधनको प्रबेश हुने भएकोले उक्त स्थानमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी प्रमुख केसीले जानकारी दिए ।
यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि यात्राको क्रममा आइपरेका कुनैपनि समस्यालाई यात्रुहरुले सहायता कक्षमा राख्न सक्नेछन् । प्रहरी प्रमुख केसीको अनुसार गाडी सञ्चालकले लिने बढि भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी लगायत जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सक्नेछन् ।
काठमाडाैंबाट ओखलढुंगा प्रवेशका लागि जिल्लामा आधादर्जनबढी नाका रहेका भए पनि सदरमुकाममा दुई वटा र सिद्धिचरण राजमार्गकाे हर्कपुरमा मात्रै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईन लागेकाे हाे । जिल्ला प्रवेशका लागि रामेछापबाट साँघुटार, सिरीसे र ढाँडे प्रमुख नाकाकाे रुपमा रहेका छन् भने सिन्धुलीबाट नवलपुर घाट नाकामा पनी मूख्य नाकाकाे रुपमा रहेकाे छ । तर सदरमुकामबाट टाढा भएका कारण यी नाकाहरु प्राय सँधैभरी प्रशासनकाे नजरमा पर्ने गरेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: