Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बाँझिएको जग्गामा टिमुर खेती

खबरडबली संवाददाता

बागलुङ । सुन्दर डोहेरी  सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् । 

काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । अहिले एकाद घरमा मानिसको बसोबास छ । आलु फल्ने बारी, भाँगो फल्ने बारीका छेउकुना वनमाराको शिकार बनेका छन् । गाउँमा बनेका घर स्याहारको अभावले भत्किने अवस्थामा पुगेका छन् । 

केही वर्षअघिदेखि चलेको बसाइँसराइको मार डोहेरीले नराम्रोसँग बेहो¥यो । बाइस घर रहेको गाउँ आठ/दश घरको गाउँ भएको छ । तीनै भएका घरमा सबै घरमा सधैँ मान्छे बस्दैनन् । “नहुने होइन, परम्परागत बाली बाउबाजेले आर्जेरै खाएका थिए, तर गुजारा चलेन त के गर्नु”, स्थानीय प्रेम केसीले भने, “कतिले सकेर अन्यत्रै बसाइँ सरे, कसैले नसकेरै गाउँ छोडे ।”

भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा पर्ने यो गाउँमा अधिकांश समय हावापानी चिसो हुन्छ । उत्पादन ढिलो हुने, सबै बाली उत्पादन गर्न नसकिने र शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि टाढा–टाढा पुग्नुपर्ने बाध्यताका कारण स्थानीयले गाउँ छोडेको केसी बताउँछन् । 

परम्परागत शैलीको खेतीपाती र बसोबासले खाली हुँदै गरेको डोहेरीको मुहार फेर्ने विषयमा गाउँलेले नसोचेका भने होइनन् । बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको प्रसिद्ध बेलढुङ्गा, तमानखोलाको सोलेडाँडा हुँदै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्म परिकल्पना गरिएको पदमार्गको बीचमा पर्छ, यो गाउँ । 

पर्यटनका हिसाबले कान्छो धौलागिरि भनेर चिनिने डोहेरीको लेक, गुनगुनेको धुरीलगायतका प्राकृतिक स्रोत नजिकै छन् । त्यसैले स्थानीयले डोहेरीलाई ब्यूँताउने प्रयत्न थालेका छन् । “कृषि पर्यटनबाट गाउँ चिनाउने र गाउँ फर्काउन सकिन्छ की भनेर प्रयास थालेका छौँ”, केसीले भने, “गाउँलेले बाँझो जमिनमा केही टिमुर लगाउन थालेका छन्, उत्पादन र पर्यटन सँगसँगै लैजाने तयारी छ ।” 

बाँझो जमिनको प्रयोगमा वडा कार्यालयले पनि साथ दिएको छ । “गाउँनै रित्तो हुँदै गयो, बसाइँसराइ रोक्छु भनेर लागौँ गफैमात्र हुन्छ, बरु बाँझो जमिनको प्रयोग र अन्य उत्पादनका विधि खोज्न थालेका हौँ”, वडाध्यक्ष विद्यापति शर्माले भने, “हामीले टिमुर लगाउन युवालाई प्रोत्साहित गरेका छौँ, हेरौँ उत्पादन दियो भने आम्दानी राम्रो हुन्छ, कम्तीमा मान्छे गाउँ नबसे पनि जग्गा बाँझो नरहोस् भन्ने हो ।” 

वडा कार्यालयले म्याग्दीबाट टिमुरका बिरुवा ल्याउनका लागि स्थानीय युवा किसानलाई सहयोग गरेको छ । यस वर्ष पाँच सय टिमुरका बिरुवा लगाएका युवाले क्रमशः सबै बाँझो जग्गामा टिमुर खेती गर्ने योजना बनाएका छन् । बसाइँसराइका कारण रित्तिएका गाउँ र बाँझै रहेका जग्गाको उपयोगमा नयाँ विधि अपनाउनुपर्ने वडाध्यक्ष शर्माले बताए । डोहेरीमा टिमुर लगाउन युवाले उत्साह देखाएका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending