सिन्धुली । सिन्धुलीको सदरमुकाम समेत रहेको सिन्धुलीमाढी बजारमा हरेक शनिबार लाग्ने हाटमा खसीको व्यापार बढ्न थालेको छ । दशैंलागे सँगै सिन्धुलीमाढीमा खसीको व्यापार बढेको हो ।
जिल्लाकै पुरानो र ऐतिहासिक हाटमा दशैँ नजिकिएसँगै शनिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लाग्ने गरेको छ । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा शनिबार अलि बढी नै हुन लागेको छ । जिल्लाका अन्य स्थानियत तहबाट समेत किसानहरु शनिबारे हाटबजार खसी बोका बिक्री गर्न आउने गरेका छन् । खसी, बोकाको व्यापार राम्रै भएको मरिण गाउँपालिका ६ कि व्यापारी बिन्दा मगरले बताइन् ।
दसैं सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि यही सिजनमा खसीबोकाको व्यापार गर्न शनिबारे हाट बजार लिएर आउनेहरु बढेको कमलामाई नगरपालिका ६ कि बिनिता खड्काको भनाइ छ । धेरैले यहि हाटमा खपत नहुने खसीबोकाहरु राजधानी काठमाडौँ समेत लैजाने गरेका छन ।
केहि हप्ता अघिको हाटमा भन्दा शनिबारको हाटमा खसी, बोका निकै महंगो रहेको खसी किन्न आउनुभएका कमलामाई नगरपालिका ५ का सन्तोष कार्कीले बताए । गत वर्षको तुलनामा यस वर्ष मासुको भाउ बढेकाले पनि किसानहरुले नै खसीबोकाको मुल्य वृद्धि गरेको उनको भनाइ छ । तर, हाटमा जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी बोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको छ । दसैँ लगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसीबोका विक्रि वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा भने समस्या आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...
फाल्गुन २८ गते, २०८२ - १९:५०
काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १०...
फाल्गुन २८ गते, २०८२ - १९:४५
काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्...
फाल्गुन २८ गते, २०८२ - १९:४१
काठमाडौं । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । क...
फाल्गुन २८ गते, २०८२ - १९:३९
नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन...
फाल्गुन २८ गते, २०८२ - १९:३८
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘...
फाल्गुन २८ गते, २०८२ - १९:३२
काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा म...
फाल्गुन २८ गते, २०८२ - १९:३१
काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका ...
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...



प्रतिकृया लेख्नुहोस्: