सिन्धुली । सिन्धुलीको सदरमुकाम समेत रहेको सिन्धुलीमाढी बजारमा हरेक शनिबार लाग्ने हाटमा खसीको व्यापार बढ्न थालेको छ । दशैंलागे सँगै सिन्धुलीमाढीमा खसीको व्यापार बढेको हो ।
जिल्लाकै पुरानो र ऐतिहासिक हाटमा दशैँ नजिकिएसँगै शनिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लाग्ने गरेको छ । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा शनिबार अलि बढी नै हुन लागेको छ । जिल्लाका अन्य स्थानियत तहबाट समेत किसानहरु शनिबारे हाटबजार खसी बोका बिक्री गर्न आउने गरेका छन् । खसी, बोकाको व्यापार राम्रै भएको मरिण गाउँपालिका ६ कि व्यापारी बिन्दा मगरले बताइन् ।
दसैं सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि यही सिजनमा खसीबोकाको व्यापार गर्न शनिबारे हाट बजार लिएर आउनेहरु बढेको कमलामाई नगरपालिका ६ कि बिनिता खड्काको भनाइ छ । धेरैले यहि हाटमा खपत नहुने खसीबोकाहरु राजधानी काठमाडौँ समेत लैजाने गरेका छन ।
केहि हप्ता अघिको हाटमा भन्दा शनिबारको हाटमा खसी, बोका निकै महंगो रहेको खसी किन्न आउनुभएका कमलामाई नगरपालिका ५ का सन्तोष कार्कीले बताए । गत वर्षको तुलनामा यस वर्ष मासुको भाउ बढेकाले पनि किसानहरुले नै खसीबोकाको मुल्य वृद्धि गरेको उनको भनाइ छ । तर, हाटमा जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी बोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको छ । दसैँ लगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसीबोका विक्रि वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा भने समस्या आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: