Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

भूकम्पले ३२ विद्यालय भत्किए, छैन पढ्ने ठाउँ

विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पार्याे

खबरडबली संवाददाता

बझाङ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन् । ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो । जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ ।

विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ । प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ । 

जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भूकम्पबाट एकको मृत्यु भएको र २० जना घाइते छन् । पाँच जना गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ। 

भूकम्पका कारण ३ सय १५ वटा निजी आवास, २१ वटा सरकारी भवन र ३२ वटा विद्यालय गरी जम्मा ३ सय ६८ वटा संरचनाहरू आंशिक तथा पूर्णरूपमा क्षति भएको छ। घाइते हुनेमा प्रायजसो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी छन् । केही विद्यार्थीको अवस्था निकै दयनीय रहेको छ। जयपृथ्वी नगरपालिका—११ भोपुरमा रहेको सत्यवादी मावि भोपुरमा अध्ययनरत १४ वर्षीया प्रमिला जोशी टाउको र हातमा ढुंगा लागी गम्भीर घाइते भएकी छन्। उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको छ । 

यस्तै जयपृथ्वी—११ कै रुइनाबगरकी विद्यार्थी ७ वर्षीया सलिना जोशीको बायाँ खुट्टा भाँचिएकोले उपचार भइरहेको छ। यी उदाहरण मात्रै हुन्, विद्यार्थीहरू भागदौड र पढिरहेकै बेला भवन भत्किँदा घाइते धेरै छन् । पटकपटक आइरहेका भूकम्प तथा पराकम्पले विद्यालयका कच्ची भवन धराप बनाइसकेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरपालिका—११ भोपुरका शिक्षक हितराज जोशी बताउँछन् । 

उनी भन्छन्, ‘अब त यस्तो लाग्छ। हाम्रा विद्यालय भवन अब विद्यार्थी मार्ने एम्बुस भइसके। पढ्ने र पढाउनेको ज्यान जोखिममा छ। भूकम्प बाजा बजाएर आउँदैन। केही पुराना भवनमा कसरी अध्यापन गराउन जाने हामी डराएका छौं, साना बालबालिकाको मनमा कस्तो डर होला ?’ मष्टा गाउँपालिका—४ भातेखोलामा रहेको कुलमष्टजन माविको एक भवन पनि भत्किएको छ। कुलमष्टजन मावि भातेखोला प्रधानाध्यापक मोहन थापा भन्छन्, ‘हाम्रो एक पाँचकोठे भवन त कामै नलाग्ने भयो । त्यहाँ हामीले बालकक्षा, लेखा फाँट सञ्चालन गरिराखेका थियौं । अर्को आठकोठे भवन पनि बेस्सरी चर्किएको छ । बेलाबेलामा पराकम्पन गइरहेका छन्। आइतबारसम्म त बिदा छ । त्यसपछिका दिनहरू कसरी बिताउने चिन्ता लागिरहेको छ ।’

खप्तडछान्ना गाउँपालिका—५ कालुखेतीमा रहेको खप्तड माध्यमिक विद्यालयको हालत झन् खराब छ । भूकम्पले भवनसँगै र आँगन भत्किएपछि विद्यार्थी र शिक्षकहरू भागेर ज्यान जोगाउन सफल भएका थिए । खप्तड माध्यमिक विद्यालय कालुखेतीका प्रधानाध्यापक धनबहादुर गिरी भन्छन्, ‘हामी त दोहोरो मारमा परेका छौं। पहिले बाढीले विद्यालयलाई जोखिम बनायो अहिले भूकम्पले। धन्न भागेर ज्यान जोगाउन सफल भयौं। केही विद्यार्थी सामान्य घाइतेसमेत भए। भूकम्पले एक भवन र विद्यालय प्राङ्गण भत्कायो। अब हिउँदेयाम सुरु भइसक्यो कसरी पठनपाठन गर्ने रु चिसो र पानी परे त साना बालबालिकालाई समस्या हुने भो।’

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया विद्यालय भवनहरू भूकम्पले चर्काएर एम्बुसजस्तै भएको बताउँछन्। उनले पालिकामा चार विद्यालयमा क्षति भएको विवरण सुनाउँदै भने, ‘थलारा गाउँपालिका—९ मा बढी क्षति भएको थियो। त्यहाँ अवलोकनका लागि गएको थिएँ। चक्रेश्वर मावि मालुमेला, पूर्ण चन्द्रोदय मावि कुलाकाट्नेलगायतका विद्यालयहरूका केही भवन भत्किएका छन्, केही उच्च जोखिममा भएकाले बालबालिका विद्यालय पठाउने वातावरण बनिसकेको छैन। हामीले आकस्मिक कार्यपालिका बैठक पनि बसाल्यौं। क्षतिपूर्ति दिन एक्लै पालिका नसक्ने सम्भावना देखिएपछि देशविदेशबाट सहयोग मागेका छौं।’

जयपृथ्वी नगरपालिका—३ पुगरमा रहेको मुड्तिनदेव आधारभूत विद्यालयलाई पनि भूकम्पले थिलथिलो बनाएको छ। विद्यालयमा रहेका चार कोठा चर्किएर बस्नै नमिल्ने अवस्था सिर्जना भएको त्यहाँका शिक्षक दिनराज जोशीले बताए। छबिसपाथिभेरा गाउँपालिका—१ मा रहेको अवस्था त झन् यति दर्दनाक छ कि भत्किन बाँकी रहेका भवन पनि पठनपाठन गर्न योग्य छैनन्। विद्यालयको पुराना सबै भवन भत्किँदा विद्यालयका टेबल कुर्ची र शैक्षिक सामग्री नष्ट भएका छबिसपाथिभेरा गाउँपालिका—१ का वडाध्यक्ष करनजंगबहादुर सिंहले बताए।

जिल्लाका प्रायःजसो विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएको त्यहाँका शिक्षक र जनप्रतिनिधिहरूको भनाइ छ। विद्यालय भवनहरू पुराना र भूकम्पीय मापदण्ड नअपनाएर बनाएका हुनाले यो अवस्था सिर्जना भएको इन्जिनियर कमल विकले बताउँछन्। उनी भन्छन्, ‘विद्यालय भवनहरू केही पुरानै छन्। केही नयाँ पनि भूकम्पीय प्रविधि नअपनाएर बनेका छन्। सानो रकमले धेरै नतिजा खोज्नु र ठेकेदारको लापरबाहीले यस्तो अवस्था आएको हो। यसले विद्यार्थीको भविष्यमाथि कालो 
बादल मडारियो।’ 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE