Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रदेश खारेजीको माग गर्दै शनिबार विराटनगरमा प्रदर्शन गरिने

खबरडबली संवाददाता
विराटनगर । विराटनगरमा असोज २० गते शनिबार संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल र्याली निकालिने भएको छ । कार्यक्रम अनुसर कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ । अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको बताए । उनले संविधान अनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यन्वयन गर्नुपर्ने तर प्रदेश पूर्णत खारेज गरेर खर्च कटौती हुनुपर्ने तर्क गरे । उनले राजनीतिक रुपमा सबै पार्टीमा आवद्ध भएका तर प्रदेशको जरुरी नदेखेकाहरुले यो अभियानमा सहभागिता जनाउनसक्ने बताए । व्यापारी भाग्न थालिसके, अर्थतन्त्र जोखिमउन्मुख भईसक्यो अब पनि नाटक मन्चन गर्ने प्रदेशको भर परेर बस्न उचित देखिएन । उनले संविधान जारी हुँदा समेत केहि चलखेल भएको बताउँदै जरुरी परे संशोधन गरेर सच्याउने गरिेको दवाव सिर्जना हुने दावी गरेका छन् । उनले हत्यामा संलग्नहरुलाई आममाफी दिएर कैद मिनाहा गर्ने संघीयता र राष्ट्रपति कार्यालयको समेत जरुरी सकिएको बताए । अभियानमा भादुडीसहित राजेन्द्र खनाल, सुनिल थापा मगर, उद्धव कार्की, अनिल कार्की, आभास अधिकारी र विकास भण्डारीले सक्रियता लिएका छन् । उनीहरुले करिब चार सय मोटरसाइकलसहित नगरपरिक्रमा गर्ने योजना लिएका छन् । कोशी प्रदेश सरकारले त्यहि दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending