Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रदेश खारेजीको माग गर्दै शनिबार विराटनगरमा प्रदर्शन गरिने

खबरडबली संवाददाता
विराटनगर । विराटनगरमा असोज २० गते शनिबार संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल र्याली निकालिने भएको छ । कार्यक्रम अनुसर कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ । अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको बताए । उनले संविधान अनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यन्वयन गर्नुपर्ने तर प्रदेश पूर्णत खारेज गरेर खर्च कटौती हुनुपर्ने तर्क गरे । उनले राजनीतिक रुपमा सबै पार्टीमा आवद्ध भएका तर प्रदेशको जरुरी नदेखेकाहरुले यो अभियानमा सहभागिता जनाउनसक्ने बताए । व्यापारी भाग्न थालिसके, अर्थतन्त्र जोखिमउन्मुख भईसक्यो अब पनि नाटक मन्चन गर्ने प्रदेशको भर परेर बस्न उचित देखिएन । उनले संविधान जारी हुँदा समेत केहि चलखेल भएको बताउँदै जरुरी परे संशोधन गरेर सच्याउने गरिेको दवाव सिर्जना हुने दावी गरेका छन् । उनले हत्यामा संलग्नहरुलाई आममाफी दिएर कैद मिनाहा गर्ने संघीयता र राष्ट्रपति कार्यालयको समेत जरुरी सकिएको बताए । अभियानमा भादुडीसहित राजेन्द्र खनाल, सुनिल थापा मगर, उद्धव कार्की, अनिल कार्की, आभास अधिकारी र विकास भण्डारीले सक्रियता लिएका छन् । उनीहरुले करिब चार सय मोटरसाइकलसहित नगरपरिक्रमा गर्ने योजना लिएका छन् । कोशी प्रदेश सरकारले त्यहि दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE