Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रभावकारी बन्दै ‘झोलाविहीन शुक्रबार’ अभियान

तस्बिर : मीना कँडेल
खबरडबली संवाददाता

कावासोती  । पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । 

पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको कावासोती –८ मा अवस्थित ज्ञानोदय माविका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताए  ।

उनले भने, “पछिल्लो समय बालबालिका आफैँ पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन इच्छुक देखाउने हुँदा हप्ताको एक दिन अर्थात् शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउने गरेका छौं ।  बालबालिकाले दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लाे बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिँदै आएको प्रधानाध्यापक अधिकारीले बताए ।

यस्तै, कावासोती वडा २ को नवदुर्गा आधारभूत विद्यालयमा पनि विद्यार्थीलाई ‘झोलाविहीन शुक्रबार’ अन्तर्गत अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिए । विद्यालयमा वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफसँगै  कक्षा ६, ७, ८ का विद्यार्थीलाई टपरी बनाउने, बत्ती काट्ने सीपमुूक शिक्षा दिनेगरेको उनले बताए ।

देवचुली  वडा –१ मा रहेकोे नेपाल आधारभूत विद्यालयले पनि विगत केही समय अगाडिदेखि विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । झोलारहित शुक्रबार अभियानमा विद्यालर्थीलाई विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दा व्यावहारिक ज्ञान हासिल गरेको नेपाल आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सदीक्षा भण्डारीले बताए ।

विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहँदा नाटकलाई पनि विद्यालयले प्राथमिकतामा राख्ने गरेका छन् । विद्यार्थीमा विविधता नै नाटकको आवश्यकता भन्दै देवचुली वडा ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नाटक कक्षा सञ्चालनमा ल्याएको छ । 

अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको मनोबल बुझ्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताए ।

विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वयंम्ले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाइरहेका छन् । विद्यालयमा सिकाइ क्रियाकलापको गुणस्तर वृद्धिका लागि शिक्षासँगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरी सिकाइलाई जीवनाेपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाइ र फोहाेरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलको जानकारी विद्यार्थीले पाउनेगरेको कावासोती शाखा अधिकृत राजन पाण्डेले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE