काठमाडौं । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै शुक्रबारदेखि स्थानीय सेवाका कर्मचारीहरुले अत्यावश्यकबाहेकको सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि अधिकांश स्थानीय कर्मचारीहरुले नियमित काम रोकेका हुन् ।
मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै शुक्रबारदेखि चेतावनी दिएका थिए । काठमाडौं महानगरपालिकासहित शहरी क्षेत्रका नगरपालिकाहरुमा कर्मचारीले सांकेतिक रुपमा मात्रै सेवा प्रभावित गराएका छन् ।
ग्रामीण क्षेत्रका स्थानीय तहहरुमा उपस्थित भएपनि कर्मचारीहरुले ‘पेन डाउन’ भन्दै नियमित सेवा रोकेका छन् । यसले गर्दा स्थानीय तहका कार्यलयहरु खुले पनि कर्मचारी आन्दोलनका कारण सेवाग्राही प्रभावित भएका छन् ।
स्थानीय तह र वडा कार्यालयहरुमा कामकाज रोकिएको विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतम सबै स्थानीय तहकाम कर्मचारीले ‘पेन डाउन’ गरेको र अत्यावश्यकबाहेकका सेवा ठप्प बनाएको बताए । यसले स्थानीय तहहरुको सेवा अनिश्चित कालसम्मका लागि प्रभावित हुने देखिएको छ ।
स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ ।
स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ । सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरुको छ ।
१५ असोजदेखि स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो । काठमाडौं आइपुगेका ७५३ स्थानीय तहकै कर्मचारीहरुले दैनिक माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन पनि गरिरहेका छन् । देशभरका स्थानीय तहमा करिब ६३ हजार कर्मचारको दरबन्दी छ । तर, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नभएकाले कति कर्मचारी आन्दोलनमा छन् भन्ने स्पष्ट छैन ।
सरकारले संघीय निजामती सेवा ऐन संसदमा दर्ता गर्न अन्तिम तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीको सडक आन्दोलनले सरकार अन्योलमा परेको छ ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: