ओखलढुंगा । ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर फरार भएका छन् । सुनकोशी गाउँपालिका –४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर बाँस्कोटा छ महिनादेखि फरार भएका हुन् ।
बाँस्कोटाले जेरुङघाटका १४ घर परिवारबाट प्रतिपरिवार तीन हजारका दरले ४२ हजार रकम लिएर फरार भएको जेरुङघाटका राजीव राईले बताए । गत वैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर स्थानीयबाट रकम असुलेर लगेको राईको भनाइ छ ।
बाँस्काेटालाई फोन सम्पर्क गर्दा आज ल्याउँछु, भोलि ल्याउँछु, नत्र पैसा फिर्ता गर्छु भनेर ढाँट्दै अहिलेसम्म बेपत्ता भएको द्रोणहरि राईले जानकारी दिए । बाँस्कोटाबाट ठगिएका जेरुङघाटका स्थानीयले कानुनी उपचारका लागि केही महिनाअघि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी लिएर पुगेको बीरबहादुर राईले बताए ।
अहिलेसम्म प्रहरीले बाँस्कोटालाई सम्पर्कमा ल्याएर छलफल र कारबाही नगरेको राईकाे गुनासाे छ । यस विषयमा चाँडै बाँस्कोटालाई सम्पर्कमा ल्याएर सत्य, तथ्य छानबिन गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।
जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरि राई, नैनकुमारी राई, वीरबहादुर राई, राजीव राई, मानबहादुर माझिी माउले माझी, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर बाँस्कोटाले रकम ठगी गरेका हुन् ।
लामो समयसम्म बाँस्कोटाले मिटरबक्स नल्याएपछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् । बाँस्कोटालाई फोन सम्पर्क गर्दा चाँडै जेरुङघाटबासीको रकम फर्काइदिने बताएका छन् । बाँस्कोटाले सुनकोशी गाउँपालिका –१ को साँधी र ढेबुवाका स्थानीयलाई पनि बिजुलीको मिटरबक्स ल्याइदिने भन्दै रकम असुलेर लगेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: