Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रतिपक्षी दलका नेता ओलीका अभिव्यक्तिले देशमा अर्को द्वन्द्वको जस्तो चित्र आइरहेको छः माधव सापकाेटा

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्ताे बताएका हुन् ।

सापकाेटाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भएकाले पुनर्विचार गर्नुपर्ने बताउँदै भने- ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा घण्टौ भाषण गर्नुभयो । उहाँ नेतृत्वको केन्द्रीय समितिमा म पनि कुनै समय सदस्य भएकाले मेरो उहाँका प्रति सम्मान छ । तर उहाँले बोलेका केही कुरा निकै गम्भिर छन् ।’

उनले अघि भने, ‘उहाँले आफ्नो अभिव्यक्तिमा दुई वटा दृष्टिकोणले पुनर्विचार गर्न जरुरी छ । पहिलो, सामाजिक सद्भाव भत्किँदै अराजकताको दिशामा गएकाले सम्हाल्नु पर्नेछ । दोस्रो, द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालबाट सिकौँ भनेर भनिरहेका छौँ । यसलाई पुष्टि गर्न पनि उहाँले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्छ ।’

उनले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे । ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएन भने त्यो बैठक नै अगाडि जान सक्दैन । त्यसरी हेर्दा हाम्रो संविधानले प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’का रूपमा लिइन्छ’, उनले भने, ‘यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर फेरि समाजमा हिँजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरिर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?’

उनले विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ मा उल्लेख विषयलाई पनि पढेर सुनाएका थिए । उनले धरानदेखि नेपालगन्जसम्मका घटनाले समाजलाई गलत दिशामा लगिराखेको भन्दै सबै दल एकै ठाउँमा बसेर पत्रकार सम्मेलनमार्फत एउटा सन्दैश दिनुपर्ने बताए ।

उनले प्रतिपक्षी दलका नेता ओलीका अभिव्यक्तिले फेरि अर्को द्वन्द्वको जस्तो चित्र आइरहेको बताए ।  ‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ । भदौको पहिलो हप्ता धरान यस्तै चपेटामा थियो र सिराहामा त्यस्तै भयो । देशैभरी जाजिय र साम्प्रादायिक घटना बढिरहेका छन् । चिकित्सक सुरक्षित छैनन्, हातपात भइरहेको छ । प्राध्यापकमाथि त्यस्तै छ’, उनले भने, ‘यो सदनमाथि जनताको अपेक्षा छ । जनताको विषय उठाउला भनेर आशा गरेको देखिन्छ । तर हाम्रो संसदमा पूर्वप्रधानमन्त्री घण्टौ भाषण गर्नुहुन्छ । यस्ता सवालका बारेमा, अराजकता र यस्ता घटनाको नियन्त्रण गर्ने विषयमा कुरा आउँदैन ।’

उनले समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए । त्यसमा पनि राजनीतिक दलका प्रमुख नेताहरू बढी अनुशासित र जिम्मेवार हुनुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: