काठमाडौं । पुल्चोक क्याम्पसका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
बिहीबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, विभागीय उपप्रमुख, एमएससी को–अर्डिनेटर, निर्देशक तथा प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको थियाे । पछिल्लो समय पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, क्याम्पस प्रशासनका अधिकारी, डीनलगायतका पदाधिकारीमाथि हुलहुज्जत गर्दै आएका छन् ।
मंगलबार मात्रै विद्यार्थी संगठनसँग शुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो। तर, त्यसमा असहमति जनाउँदै सिंगो क्याम्पस प्रशासनबाटै सामूहिक राजीनामा दिने घोषणा गरिएको हो ।आजको बैठकमा संस्थानका डीन, सहायक डीनलाई अनधिकृत, अनुचित दबाव सिर्जना गरी नियोचित तवरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने कार्य भएको ठहर गरेको छ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्कबमोजिम प्रवेश परीक्षा सञ्चालन नभए क्याम्पस सञ्चालन गर्न असमर्थ हुने सामूहिक राजीनामा पत्रमा भनिएको छ। क्याम्पस सञ्चालन गर्न असमर्थ देखिएकाले स्वैच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजिनामा दिने निर्णय भएको पत्रमा जनाइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: