Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

हरेक युवतीलाई याैन सम्पर्ककाे प्रस्तव गर्छन एमाले जुम्ला उपाध्यक्ष शाही

'गाउँका सबै छोरी असुरक्षित भए'

खबरडबली संवाददाता

काठमाडाैं । जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् । 

दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए तर निर्वाचनमा पराजित भए ।

नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरू उसको पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरूलाई यौन हिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् । उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधकाविरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलात्कारका विरुद्ध बोल्न थालेका छन् ।
शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् ।

एमालेका नेता शाहीको पहिलो घटना 

उनले दुई वर्ष अगाडी गाउँकै अन्दाजी १६ वर्षकी नाबालिग शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलात्कार गरेको चर्चा भएको थियो । शाहीले आफ्नै छोरी नाता पर्ने बालिका सानै भएकाले समाजको बेइज्जत हुन्छ भन्दै पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ ।

तर नेता शाहीले त्यो अपराध ढाकछोप गर्नका लागी के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन चाहँदैनन् । त्यो विषयले त्यति बेला टोप्ला गाउँमा खुब चर्चा भएको थियो । त्यो विषयमा गाउँमा चर्चा परिचर्चा भए पनि कानुनी निकायमा भने आउन सकेन । त्यो उनले छोरी पर्नेलाई करणी गरेको त्यस घटनाको बारेमा स्थानीय एक प्रधानाध्यापकले चर्चा भएको स्वीकार गरेका छन् । एमालेका नेता सुरत बहादुर शाहीले ती बालिकालाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँ । अरू मलाई थाहा छ नै । उनले भने, ‘ती बालीका अहिले तराईतिर पढ्दै छन् । त्यो घटना हुँदा उनी १५ देखि १६ वर्षको हुनुपर्ने हो । मलाई उनको जन्मको बारेमा यर्थात थाहा भएन ।’
त्यो कुरा गाउँमै बसेर गुपचुपमा मिलाइएको जस्तो छ । यी बालिका अहिले गाउँ छोडेर बाहिर बस्दै आएको बुझिएको ती शिक्षक बत्ताउँछन् ।

दोस्रो घटना

शाही थरकै नातिनी नाता पर्ने एक जना विवाहित महिला छन् । उनीसँग पनि नेता शाहीले पटक पटक यौन सम्पर्क गर्न देऊ तिम्रो श्रीमान् शङ्का गर्छ कि नाइँ ? तिम्रो फेसबुक आइडी तिम्रो बुढासँग छ की छैन ? जस्ता एसएमएस पठाएर सताएको ती शाही थरकी महिला बत्ताउँछिन् । उनले भनिन, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदी बहिनीको अस्थित्व लुट्न खोजेको छ । कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन । कसैले गाउँकै दाजुभाइ हो हाम्रो इज्जत जान्छ भनेर चुपचाप लागेका हुन । त्यो खराब मान्छे हो । त्यसले गर्दा गाउँका सबै छोरी असुरक्षित भएका छन् ।’

तेस्रो घटना

शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोन मार्फत पटक पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो । त्यो विषय पनि गाउँमै गुपचुप गरिएको थियो । पटक पटक उसले गरेका अपराध, बलात्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका हौँ । अहिले धेरै अति गर्ने थालेको छ । सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरु कसरी सुरक्षित गर्ने हो भन्ने चिन्ता रहेको टोप्ला गाउँका एक जना स्थानीय बत्ताउँछन् ।

चौथो घटना 

शाही थरकै १७ वर्षकी छोरी नाता पर्ने बालिकालाई बलात्कार गर्ने प्रयास गरेको सामाजिक सञ्जालको कुराकानी र फोन रेकर्ड अडियो भेटिएको छ । आफ्नै गाउँका एकै परिवारका छोरी, बहिनी नाता पर्ने साना साना किशोरीलाई आर्थिक प्रलोभन देखाउँदै केहीलाई बलात्कार गर्ने र केहीलाई बलात्कारको प्रयास गर्ने, केहीलाई सामाजिक सञ्जाल र फोनबाट शारीरिक सम्पर्क गर्न प्रस्ताव गर्ने, प्रस्ताव स्वीकार गर म फलानो काम गरी दिउला भन्दै आएको गाउँलेहरू बत्ताउँछन् ।

अन्दाजी १७ वर्षकी (धनु) नाम परिवर्तन बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्राँसमा नाम निकाल्नको लागी भनी दिने, ट्युसन पढेको खर्च आफै तिरी दिने त्यसको बदलामा ती नाबालिगकाले एमाले नेता सुरत बहादुर शाहीले आफूलाई यौन प्रस्ताव राखेका छन् । ती नाबालिगकालाई म्यासेजमा मात्र होइन फोनमा पनि यौन प्रस्ताव राखेको अडिओमा सुन्न सकिन्छ । एमाले नेता शाही ती नाबालिगकाको जेठो बुबा पर्छन् ।

ती नाबालिगकाले भनिन्, ‘मेरो नातामा ठुलो बुवा पर्ने हुन । तर त्यो अपराधीलाई केको ठुलो बुबा मान्नु ? उसले छोरी मान्दैन पटक पटक बलात्कार गर्ने सोच राख्छ । म उजुरी दिन तयार छु ।’ ती नाबालिगकाको आर्थिक अवस्था कमजोर हुँदा अरूकै घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनी अहिले जुम्ला आएर उजुरी दिन सक्ने अवस्थामा छैनन् । उनले भनिन्,‘म घरबाहिर छु । पढ्न आएकी छु । यहाँ छोडेर जिल्ला आएको खण्डमा भोली त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ ? त्यसपछि मेरो पढाई पुरा नहुन सक्छ । मलाई पढाइको चिन्ता छ । म कानुनी कुरा जान्दिन तर उसले पटक पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो ।’

राजनीतिको नाममा उसलाई सबैले माफी दिँदै आउँदा अहिले पनि उ नसुध्रँदा धेरै छोरी बहिनीको इज्जतमाथि खेल्दै आयो । तर अब त्यसलाई छोड्न नहुने यी बालिका बत्ताउँछिन् । उनले भनिन, ‘म उसलाई कानुन अनुसारको सजाय दिनुपर्छ भन्छु ।

नेता शाही लामो समय सम्म फेसबुक मार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि मैले मेरो दाई लाई भनेकी थिए । दाइले त्यो मान्छे गलत छ । जे भने पनि फोन रेकर्ड गर्नु भनेपछि मैले उसले गरेको फोन कल रेकर्ड गरेकी हुँ । सुरत शाहीले पटक पटक म्यासेज गर्ने डिलिट गर्ने, भेटौँ भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेज राखे, फोन रेकर्ड गरे ।

म मेरो लागी मात्रै नभई मेरो गाउँका अरू बैनीहरूको लागी पनि लड्नु पर्छ भनेर यो कुरा बाहिर ल्याएको ती बालिका बत्ताउँछिन् । उनले भनिन, ‘म गरिब बाउको छोरी भएर पढाइकै लागी अरूको घरमा श्रम गरेर बसेको थाहा पाएकाले सुरतले यस्तो सोच राखेको हो । उनले मलाई मात्रै होइन यस अघि हाम्रा गाउँका अरू छोरी बहिनिलाई समेत यस्ता क्रियाकलाप गर्दै आएको पाइएको छ ।’

यस अघि म बस्ने ठाउँमा आएको बेला मलाई ६ महिना अगाडी देखि म्यासेज फोन गर्ने गरेको थियो । धेरै अति भएपछि फोन रेकर्ड गरेकी हुँ । उनले भनिन,‘समाजले हामी जस्ता अन्यायको विरुद्ध लड्ने छोरीलाई राम्रो मान्दैन तर पनि म यस्ता आपराधिक सोच भएका गलत व्यक्तिबाट गाउँका अरू छोरीहरू सुरक्षित हुन भन्ने मानसिकता बोकेर लड्न खोजेकी हु । टोप्ला गाउनै एक जनालाई करणी गरेको भन्ने हल्ला थियो । त्यस पछि हामी जस्ता तीन जनालाई करणी गर्ने प्रयास गरेको हो ।’

त्यस्तै टोप्ला गाउनै यज्ञ बहादुर शाहीले एमाले नेता शाहीले भने अर्को मेरी बहिनी पर्ने लाई यस अघि यौन सम्पर्क गर्न देऊ भनी प्रस्ताव राखेको कुरा थाहा पाएको थिएँ । उनले भने, ‘यो कुरा स्थानीय तहको निर्वाचन हुन भन्दा पहिलाको हो । त्यो पनि नेता शाहीको छोरी नाता पर्ने हो । तर एमाले नेता शाहीले म्यासेज गर्ने डिलिट गर्ने , अनि यस्तो कुरा कसैसँग नभन्नु भने गरेका मेरो बैनी सँग गरेका रै छन ।

मलाई चाहिदा नचाहिँदो म्यासेज गरेपछि मैले फोनमा नै थकाएपछि फेसबुक ह्याक भएको र त्यो ह्याक गर्ने पनि त नै हो नभनेर आरोप लगाइरहेका ती बालिका दाइ शाही बताउँछन् । उनले भने, ‘उनको फेसबुक ह्याक भएको भए ,म्यासेज अरूले गरेको भए , म्यासेजमा यौन प्रस्ताव राखेका थिए । त्यही प्रस्ताव फोन बाट किन राखे ? म्यासेज गर्ने र फोन गर्ने सुरत शाही नै थियो ।’
उनले फोनमा भनेका छन् म तिमिसँग अरु कुरा गर्दिन तिम्रो पढ्ने कुरा फिक्स गरेको छु तिम्रो पढाइको लागी खर्च म दिन्छु राम्रोसँग पढ्नु अनि मैले मागेको त्यो कुरा दिन्छाै नि ?

Messenger (फेसबुक मेसेन्जर) भएकाे कुरा जस्ताकाे तेस्तै :

बालिका : हुन्छ के कुरा हो भन्नु नि ?
शाही : सेक्स गर्न दिनु पर्छ
शाही : बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा
बालिका : के को फोटा?
शाही : तिम्रो मिल्क (स्तन) को फोटा पठाउ ।

तातोपानी गाउँपालिका ८ वडाका अध्यक्ष नर बहादुर रावतले शाहीका गलत कामका बारेमा गाउँमा हल्ला सुनेको बताए । उनले भने, ‘हामी जनप्रतिनिधिको हिसाबले गलत गर्ने मान्छेलाई कारबाही हुन पर्छ भन्छौँ । सत्य तथ्य केहो थाहा छैन तर गाउँमा तपाँइले सुने जस्तो हल्ला सुनेको हुँ ।’ नेता शाहीले एक पटक नभई पटक पटक आफ्नै गाउँकै छोरी बैनीलाई आर्थिक प्रलोभन देखाइ करणी गर्न खोजेको देखिन्छ । त्यसरी गाउँमा राजनीति गर्ने नेताको रूपमा आफूलाई उभ्याउने तर गाउनै हाड नाता पर्ने छोरी बैनीको अस्तित्व पैसाले किन्न थालेको लामो समय भएको गाउँले बत्ताउँछन् । उनका यस्ता गलत कामलाई गाउँका मानिसहरूबाट पनि पटक पटक ढाकछोप हुँदै आएका छन् । त्यही भएर उनका विरुद्ध प्रहरीमा उजुरी आजसम्म कसैले दिएका छैनन् ।

त्यस्तै पछिल्लो सयमा बलात्कारका घटनाहरू दिन प्रतिदिन सुनिन्छ ,त्यो पनि अपरिचित भन्दा बढी परिचित वा आफन्त बाटै । आफ्नै घरपरिवारका सदस्यहरूबाट बालिका , महिलाहरू बलात्कारको सिकार हुँदै आएका छन् । कारबाही गर्ने कानुन छ, तै पनि बलात्कारका घटनाहरूमा कमी आएको छैन ।

प्रशासनको काम गलत गर्ने मान्छेलाई कानुनी दायरामा ल्याउनु हो । पहिला पीडित पक्ष उजुरीको लागी प्रहरीमा आउन पर्छ । तर यहाँ त्यस्तो नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बत्ताउँछन् ।

प्रमुख जिल्ला अधिकारीले भने,‘ प्रहरी उजुरी लिने निकाय हो । त्यसको अनुसन्धान गर्ने अधिकार पनि प्रहरीलाई नै हुन्छ । राय दिने अधिकार सरकारी वकिलको हो । पीडित प्रहरीमा उजुरी दिन आउनु पर्छ । न्याय दिने काम अदालतको हो ।’बलात्कारीलाई सजाय हुनु पर्छ ।तर यहाँ तीनै समाजमा जान्ने सुन्ने बनेर हिँड्छन् ।

समाजमा ठुला ठालुले गरेका जघन्य अपराधका घटनाका विरुद्ध पनि प्रहरीमा उजुरी पुग्दैनन् । कतिपय जघन्य अपराधका घटना अदालतमा नपुगेका उदाहरणहरू पनि छन् ।अदालतमा पुगेका केही बलात्कारका घटनाहरू पनि पीडित होस् टाइल गराएर सफाइ पनि पाएका छन् ।

एमालेका उपाध्यक्षले पढाइ खर्च दिने भन्दै भतिजीलाई राखे यौन प्रस्ताव !

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: