Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस किन आउँदैछन् नेपाल ?

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल निकट नेताहरूले बताएका छन्। गुटेरसको भ्रमणले नेपालसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सहयोग पुग्ने उनीहरूले बताएका छन्।

यसअघि सन् २००८ को अक्टोबरमा तात्कालिक महासचिव बान कि मुन काठमाण्डू आएका थिए। माओवादी शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादी सरकारमा पुगेको थियो।

त्यतिबेला पनि पुष्पकमल दाहाल 'प्रचण्ड' नै नेपालका प्रधानमन्त्री थिए।

एन्टोनियो गुटेरस कहिले आउँदै छन्?

हालै अमेरिकाको न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे मङ्गलवार पार्टी पदाधिकारीहरूलाई जानकारी दिने क्रममा महासचिवको भ्रमणबारे बताएका हुन्।

“अमेरिका र लगत्तै चीन भ्रमणबाट फर्किएपछि मङ्गलवार पहिलो पटक त्यसबारे पार्टी पदाधिकारीहरूलाई ब्रीफिङ गर्ने क्रममा प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिवको भ्रमणबारे जानकारी दिनुभयो,” नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भने।

उनका अनुसार महासचिव एन्टोनियो गुटेरस यही अक्टोबर महिनाभित्रै नेपाल आउने चाँजोपाँजो मिलाइँदै छ। “मिति ठ्याक्कै यकिन भइसकेको छैन तर यही महिना वहाँ नेपाल भ्रमणमा आउनुहुन्छ भनेर प्रधानमन्त्रीले जानकारी दिनुभएको छ,” सापकोटाले भने।

जानकारहरूले उनको नेपाल भ्रमणका अजेन्डा तय हुँदै गरेको तर औपचारिक घोषणा नभइसकेको बताएका छन्।

के होलान् एजेन्डा?

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया अनि अन्य आर्थिक-सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ।

“संयुक्त राष्ट्रसङ्घको महासचिवको भ्रमण भनेको निकै महत्त्वपूर्ण हुने गर्छ। यसले कुनै न कुनै रूपमा नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउन मद्दत गर्छ नै। बाँकी यस्ता मौकाको उच्चतम उपयोग गर्ने जिम्मा त हाम्रै हो,” सन् १९९१ देखि १९९४ सम्म राष्ट्रसङ्घका निम्ति नेपालका स्थायी प्रतिनिधि रहेका जयराज आचार्यले भने।

उनका अनुसार अहिलेको परिस्थितिमा राष्ट्रसङ्घ आफैँ पनि स्रोतको अभावले सङ्घर्षरत रहेकाले थप सहयोग माग्नुभन्दा पनि कुनै खास आयोजना वा सहयोगका आकाङ्क्षा छन् भने महासचिव आएको बेला ठोस प्रस्ताव दिन सक्नुपर्छ।

“यो राम्रो मौका हो। जस्तो अहिले नेपाल विश्वभरि शान्ति सैनिक पठाउने दोस्रो ठूलो देश हो। हामी पहिलो ठूलो देश बन्नुपर्छ र त्यसमा महासचिवले हुन्छ भन्नुहुन्छ भन्ने मलाई विश्वास छ,” आचार्यले उदाहरण दिए।

“तर केवल भन्ने मात्र होइन कि थप हजार-पन्ध्र सय सिपाही हामीले पठाउन सक्ने तयारी र कार्य योजना दिनुपर्छ।” अहिले नेपालले शान्ति सेनाका रूपमा विभिन्न देशमा आफ्ना ६,२९९ सुरक्षाकर्मी खटाएको छ। यो सङ्ख्या केवल बाङ्ग्लादेशले पठाएका सुरक्षाकर्मीभन्दा ९८० ले कम हो। 

धेरै शान्ति सैनिक पठाउनेमा बाङ्ग्लादेश पहिलो अनि भारत तेस्रो स्थानमा छन्। विकास सहायता अनि दिगो विकास लक्ष्यजस्ता विषय पनि छन्।

गरिबी निवारणदेखि लिएर शिक्षा, स्वास्थ्य अनि वातावरणसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू सन् २०३० भित्रै पूरा गर्न अर्बौँ रुपैयाँको लगानी नेपाललाई आवश्यक छ। “यस्ता विषयहरूमा पनि नेपालले ठोस पूर्वतयारी गरेर महासचिवको भ्रमणका बेला आफूलाई खाँचो परेका विषयवस्तु राख्नुपर्छ,” आचार्यले भने।

जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसङ्घले निकै महत्त्व दिने गरेको छ। हरेक वर्ष कन्फरेन्स अफ पार्टी (कोप) सम्मेलन हुने गर्छ।

एक त अल्पविकसित देश अनि अर्को पर्वतीय भएकाले नेपालले जलवायु परिवर्तनका कारण धेरै अनुपातमा चुनौती बेहोर्दै आएको छ। यस्ता मामिलामा राष्ट्रसङ्घ साथ सहयोग खोज्नु अपरिहार्य हुने बताइन्छ।

नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएलगत्तै यहाँको शान्तिप्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो। राष्ट्रसङ्घीय नियोग अन्मिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो।

त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन्।

“यो भ्रमणपूर्व वा यही मौकामा हामीले शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउन सक्यौँ भने त्यसले राम्रो सन्देश दिने छ। त्यसका लागि हाम्रो अधिकतम प्रयास पनि भइरहेको छ,” अग्निप्रसाद सापकोटाले भने।

अहिले सरकारले संसद्‍मा त्यससम्बन्धी विधेयक दर्ता गराएको छ। सरकारले त्यसमा विपक्षी दल तथा पीडित पक्षसहित अन्तर्राष्ट्रिय समुदायको सहमति खोजिरहेको छ।

को हुन् गुटेरस?

एन्टोनियो गुटेरस अहिले ७४ का भए। उनी पोर्चुगलका पूर्वप्रधानमन्त्री पनि हुन्। पोर्चुगलको समाजवादी दलका नेता गुटेरस १९९५ देखि २००२ सम्म पोर्चुगलमा प्रधानमन्त्री थिए।

सन् २०१७ मा राष्ट्रसङ्घको नवौँ महासचिवको पद सम्हाल्नुअघि उनी राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका प्रमुख पनि थिए। 
सामान्यतया महासचिवको पदावधि पाँच वर्षको हुने गर्छ। केही महासचिमा दोहोरिएका पनि छन्। तर दोस्रो कार्यकालभन्दा बढी अहिलेसम्म कोही पनि राष्ट्रसङ्घमा महासचिव बनेको छैन।

गुटेरसलाई जुन सन् २०२१ मा राष्ट्रसङ्घको महासचिवको दोस्रो कार्यकालका निम्ति चयन गरिएको थियो। राष्ट्रसङ्घको बडापत्रअनुसार सुरक्षा परिषद्को मनोनयनमा महासभाले महासचिवको चयन गर्छ।

कुनकुन महासचिव नेपाल आएका थिए?

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म छ महासचिवले भ्रमण गरेका छन्। विश्वकै उच्च कूटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घ महासचिवको पद कुनै राष्ट्रप्रमुखसरह नै सम्मानित मानिन्छ।

सन् १९५९ को मार्चमा तात्कालिक महासचिव ड्याग ह्यामरशोल्डले नेपाल भ्रमण गरेका थिए। सन् १९६७ को एप्रिलमा तात्कालिक महासचिव ऊ थान्तले नेपाल भ्रमण गरेका थिए। बौद्धमार्गी ऊ थान्तले त्यतिखेर बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। त्यसलाई उनले आफ्नो जीवनकै सर्वाधिक महत्त्वपूर्ण दिनमध्ये एक भनेका थिए।

त्यसको केही वर्षपछि नै लुम्बिनी विकासको निम्ति गुरुयोजना बनेको थियो। सन् १९८१ को फेब्रुअरीमा कुर्त वाल्डहाइमले राजा वीरेन्द्रको पालामा नेपाल भ्रमण गरे। सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरेका थिए।

नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात् थप दुई महासचिवले भ्रमण गरिसकेका छन्। सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानले नेपाल भ्रमण गरेका थिए भने सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाण्डू आएका थिए।

नेपाल भ्रमणमा आएका महासचिवहरू प्रायःले लुम्बिनीको पनि भ्रमण गर्ने गरेका छन्। राष्ट्रसङ्घका प्रथम महासचिव ट्रिग्वे ली अनि अर्का महासचिव बुत्रोस बुत्रोस घालीले चाहिँ नेपाल भ्रमण गरेका थिएनन्। उनीहरू दुवै जना एक‍-एक कार्यकालका लागि मात्र पदमा बसेका थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE