Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

द्रुत बस सेवा- गुड्नेभन्दा कुर्ने समय बढी

खबरडबली संवाददाता

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन् । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आएका छन् । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उनले बताए । 

सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उनको छ । द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् । 

उनले भने, “कार्यालय समयमा सबै बसलाई द्रुत बसकै रूपमा चलाउने अनुमति सरकारले दिने हो भने द्रुत बसै भनेर यात्रु सडकमा कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, समयमै गन्तव्यमा पुगिन्छ ।” अहिले द्रुत बसको सङ्ख्या सीमित भएकाले बस कुर्दाकुर्दै ढिलो हुने गरेको उनले गुनासो गरे । 

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ स्थानीय घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्दै आएकी सीता तामाङले पनि द्रुत बसबाट यात्रा गर्दा समय बचत भए पनि बस कुर्दाकुर्दै समय बित्ने गरेको बताइन् । 

उनले भनिन्, “द्रुत बस सञ्चालनमा आएदेखि नै म सधैँजसो सम्भव भएसम्म द्रुत बसै चढ्छु तर सीमित बस मात्र भएकाले बस कुर्दाकुर्दै समय बित्ने भएकाले कहिलेकाहीँ त अन्य बस चढ्नु र द्रुत बस चढ्नुमा खासै फरक पर्दैन ।” 

अहिले सूर्यविनायकदेखि रत्नपार्कसम्मको १३ किलोमिटर दूरीको बाटोमा कार्यालय समयमा अन्य बस चढ्दा एक घण्टादेखि सवा घण्टासम्म लाग्ने गरेको उनले सुनाइन् । दु्रत बस चल्दा सार्वजनिक यातायातबाट आवतजावत गर्ने यात्रुका लागि समयको बचत भए पनि बसको सङ्ख्या थोरै भएकाले बस पाउनै कठिन भएको सबै यात्रुको गुनासो छ । 

द्रुत बस सेवाबाट करिब ४० देखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पु¥याएपछि यात्रु द्रुत बसको सेवाप्रति विश्वस्त भएका छन् तर बसको सङ्ख्या थोरै भएकाले बस कुरिरहनुपरेको गुनासो अधिकांश यात्रुको छ ।

सरकारले साबिकमा सोही रुटमा चल्दै आएका बसलाई ‘द्रुत बस सेवा’ भन्ने बोर्डमात्र राखेर बस सञ्चालन गर्दै आएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनरूले बसको सङ्ख्या थोरै भएको स्वीकार्दै विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको सङ्ख्या थप गर्न लागेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending