Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कर्णालीका मन्त्रीले योजनैपिच्छे कमिशन माग्ने गरेकाे नगरप्रमुखकाे आरोप

खबरडबली संवाददाता

काठमाडौं ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बजेट माग्दा कर्णाली प्रदेश सरकारका मन्त्रीले कमिशन मागेको बताएका छन् ।  केही दिनदेखि गुनासो पोख्दै आएका नगरप्रमुख केसीले फेसबुक लाइभमै आएर नगरपालिकाका लागि योजना माग्दा मन्त्रीहरुले कमिशन मागेको बताएका हुन् ।

कर्णाली प्रदेशका मन्त्री र पहुँचवालालाई कमिशन दिएपछि मात्रै स्थानीय तहमा बजेट आउने गरेको आरोप पनि उनले लगाएका छन् । स्थानीय तहको आवश्कताको आधारमा बजेट माग्दा कमिशन दिनुपर्ने बाध्यता आफूलेसमेत भोगेको नगर प्रमुख केसीले खुलासा गरेका छन् ।

‘प्रदेश वा संघीय सरकारको बजेटको सन्दर्भमा हाम्रो समस्या के छ भने स्थानीय तहले मागेको ठाउँमा बजेट जाँदैन । कोहीले कमिशन दिए मात्रै बजेट दिन्छन्। कसैले नेतृत्वलाई वा मन्त्रीलाई पैसा दिएपछि मात्रै बजेट दिने बाध्यता मैले भोगेको छु’, उनले भने, ‘मैले माननीय मन्त्रीहरुलाई भनेको छु । स्थानीय सरकारले आवश्कता अनुसार माग गरेको बजेट आउनुपर्‍यो, कमिशन वा प्रतिशत लिएर बजेट वितरण गर्दा प्रभावकारी र न्यायोचित हुँदैन।’ 

कमिशन र पहुँचको आधारमा नभई प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरे मात्रै स्थानीय तहलाई प्रभावकारी बनाउन सकिने नगर प्रमुख केसीले बताए । केसीले आठबिसकोट नगरपालिकामा आवश्कताका आधारमा बजेट उपलब्ध नहुँदा गत आर्थिक वर्षको काम सम्पन्न भए पनि साढे १३ करोड भन्दा बढी बजेट दायित्व बेहोर्नु परेको उल्लेख गरे ।

उनले त्यहीकारण स्थानीय उपभोक्ता समिति र निर्माण कम्पनीलाई रकम दिन नसकेको बताए। नेतृत्वबाट बजेट आउने आश्वासन पाएकाले काम सम्पन्न भइसकको तर वर्ष बित्दा पनि काम गरेका उपभोक्ता समिति र मजदुरहरुले रकम पाउन नसकेको उनले बताए ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री राजकुमार शर्मा रुकुम पश्चिमका हुन्। शर्माले नै कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका छन् । संघीय सरकारमा अहिले रुकुम पश्चिमबाट कुनै मन्त्री छैनन् ।  पार्टीतर्फ रुकुमकै विमला केसी नेकपा माओवादी केन्द्रको प्रदेश अध्यक्ष छन्। नाम किटान नगरेपनि नगर प्रमुख केसीले प्रदेश सरकार र आफ्नै राजनीतिक नेतृत्वप्रति लक्षित गरेर आक्रोश पोखेका छन् ।

उनले राजनीतिक नेतृत्वको आश्वासनका कारण उधारोमा योजना निर्माण गरे पनि अहिले आएर बजेट नहाल्दा समस्यामा परेको पनि बताएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित केसीले राजनीतिक नेतृत्वसँग पनि  गुनासो गरेका छन् ।  उनी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सदस्य पनि हुन् । 

काम गरेको रकम नपाउँदा उपभोक्ता समूह र निर्माण कम्पनीहरु आन्दोलन गर्ने अवस्था रहेको उनले बताएका छन् । ‘विकासको काम गर्नुपर्ने थियो गर्यौँ, अहिले त्यसो गर्दा समस्या आइलागेको छ,  यसबारे नेता र मन्त्रीहरुलाई जानकारी गराएको छु’, उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: