Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कर्णालीका मन्त्रीले योजनैपिच्छे कमिशन माग्ने गरेकाे नगरप्रमुखकाे आरोप

खबरडबली संवाददाता

काठमाडौं ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बजेट माग्दा कर्णाली प्रदेश सरकारका मन्त्रीले कमिशन मागेको बताएका छन् ।  केही दिनदेखि गुनासो पोख्दै आएका नगरप्रमुख केसीले फेसबुक लाइभमै आएर नगरपालिकाका लागि योजना माग्दा मन्त्रीहरुले कमिशन मागेको बताएका हुन् ।

कर्णाली प्रदेशका मन्त्री र पहुँचवालालाई कमिशन दिएपछि मात्रै स्थानीय तहमा बजेट आउने गरेको आरोप पनि उनले लगाएका छन् । स्थानीय तहको आवश्कताको आधारमा बजेट माग्दा कमिशन दिनुपर्ने बाध्यता आफूलेसमेत भोगेको नगर प्रमुख केसीले खुलासा गरेका छन् ।

‘प्रदेश वा संघीय सरकारको बजेटको सन्दर्भमा हाम्रो समस्या के छ भने स्थानीय तहले मागेको ठाउँमा बजेट जाँदैन । कोहीले कमिशन दिए मात्रै बजेट दिन्छन्। कसैले नेतृत्वलाई वा मन्त्रीलाई पैसा दिएपछि मात्रै बजेट दिने बाध्यता मैले भोगेको छु’, उनले भने, ‘मैले माननीय मन्त्रीहरुलाई भनेको छु । स्थानीय सरकारले आवश्कता अनुसार माग गरेको बजेट आउनुपर्‍यो, कमिशन वा प्रतिशत लिएर बजेट वितरण गर्दा प्रभावकारी र न्यायोचित हुँदैन।’ 

कमिशन र पहुँचको आधारमा नभई प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरे मात्रै स्थानीय तहलाई प्रभावकारी बनाउन सकिने नगर प्रमुख केसीले बताए । केसीले आठबिसकोट नगरपालिकामा आवश्कताका आधारमा बजेट उपलब्ध नहुँदा गत आर्थिक वर्षको काम सम्पन्न भए पनि साढे १३ करोड भन्दा बढी बजेट दायित्व बेहोर्नु परेको उल्लेख गरे ।

उनले त्यहीकारण स्थानीय उपभोक्ता समिति र निर्माण कम्पनीलाई रकम दिन नसकेको बताए। नेतृत्वबाट बजेट आउने आश्वासन पाएकाले काम सम्पन्न भइसकको तर वर्ष बित्दा पनि काम गरेका उपभोक्ता समिति र मजदुरहरुले रकम पाउन नसकेको उनले बताए ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री राजकुमार शर्मा रुकुम पश्चिमका हुन्। शर्माले नै कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका छन् । संघीय सरकारमा अहिले रुकुम पश्चिमबाट कुनै मन्त्री छैनन् ।  पार्टीतर्फ रुकुमकै विमला केसी नेकपा माओवादी केन्द्रको प्रदेश अध्यक्ष छन्। नाम किटान नगरेपनि नगर प्रमुख केसीले प्रदेश सरकार र आफ्नै राजनीतिक नेतृत्वप्रति लक्षित गरेर आक्रोश पोखेका छन् ।

उनले राजनीतिक नेतृत्वको आश्वासनका कारण उधारोमा योजना निर्माण गरे पनि अहिले आएर बजेट नहाल्दा समस्यामा परेको पनि बताएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित केसीले राजनीतिक नेतृत्वसँग पनि  गुनासो गरेका छन् ।  उनी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सदस्य पनि हुन् । 

काम गरेको रकम नपाउँदा उपभोक्ता समूह र निर्माण कम्पनीहरु आन्दोलन गर्ने अवस्था रहेको उनले बताएका छन् । ‘विकासको काम गर्नुपर्ने थियो गर्यौँ, अहिले त्यसो गर्दा समस्या आइलागेको छ,  यसबारे नेता र मन्त्रीहरुलाई जानकारी गराएको छु’, उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending